गुल्मी । सोमबारदेखि परेको अविरल बर्षाका कारण गुल्मीमा पहिरोमा परि १० जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन् । जिल्लाको ठुलोलुम्पेकस्थित तिल बहादुर तरामुको घरमा राति भल पसि घर भत्किदा उनकी ३० बर्षीय तिलकुमारी तरामू र उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए ।
सत्यवतीमा ४ को मृत्यु गुल्मीकै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको छ । गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालका अनुसार शबको पहिचान हुन सकेको छैन।
चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए । ४ जना बेपत्ता भएका छन् । अहिले स्थानीयले उद्धारका लागी पलह गरिरहेका छन् ।
प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार