
सागर परियार,
जुम्ला सदरमुकामा पठन सामाग्री निर्माण सम्बन्धी प्रशिक्षक तथा प्रशिण सम्बन्धी ४ दिने तालिम शुरु भएको छ । वल्र्डभिजन तथा किर्डाक द्धारा संचालित शिक्षा परियोजना संचालन भएका जुम्लाका १५ विद्यालयका झण्डै २३ जना शिक्षकको सहभागितामा तालिम संचालन भईरहेको शिक्षा परियोजना संयोजक दिपराज रावतले बताए । उनका अनुसार तिला तातोपानी र पातारासीका विभिन्न विद्यालयका शिक्षकहरुलाई पठन सामाग्री निर्माण सम्बन्धी ४ दिन सम्म सिकाईने छ । बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, ४ दिनको तालिमबाट १५ वटा बालकथा किताब निर्माण गरी १÷२ उत्कृष्ट कथा किताब रंगिन छपाई गराउने उद्देश्यका साथ तालिम संचालन गरिएको हो ।
चार दिने तालिममा वल्डभिजनका शिक्षा विषशज्ञ विश्व घिमिरे समेत प्रशिक्षण गराईरहेका छन् । भने जुम्लाका १५ विद्यालयलाई नमुना बनाउन शिक्षा परियोजना पुलको काम गरेको समेत सहभागि शिक्षकहरुले बताएका छन् । तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले गरेका हुन् । भने तालिम दुई चरणमा संचालन हुने छ । आउदो शनिवार बाटै दोस्रो चरणको कार्यक्रम हुने शिक्षा परियोजनाका तालिम संयोजक भरत बोहोराले बताए ।