जुम्लामा भूकम्प प्रतिरोधी इन्टरलक इँटा उद्योग सञ्चालनमा आएको छ । स्थानीय माटो, बालुवा र सिमेन्ट मिसाएर बनाइएको इन्टरलक इँटा उत्पादनपछि स्थानीयले कम लागतमै छिटो–छरितो घर निर्माण गर्न सजिलो भएको उद्योगी मनोज बुढाथोकीले बताए । १० लाख रुपैयाँ लगानीमा मेसिन भित्र्याइएको उद्योगमा एक दर्जनभन्दा बढीले रोजगारी पाएका छन् ।
एम्स मल्टी म्यानिफ्याक्चरिङ कम्पनीबाट उत्पादन भएको इँटाको मूल्य नेपालगन्जकै जस्तो रहेको उनको भनाइ छ । सहरी विकास तथा भवन कार्यालय जुम्लाका प्रमुख रामआशिष दासले इन्टरलक इँटा अहिले सरकारको कार्यसूचीमा परिसकेको र भूकम्प प्रतिरोधीसमेत भएको बताए । उनले वैकल्पिक घर निर्माणका लागि अहिले सो इँटा उत्तम भएको जानकारी भएको छ । उद्योगबाट करिब १४ लाख २५ हजार मूल्य पर्ने १५ हजार इँटा उत्पादन भइसकेको जनाएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार