पातारासी हिमालको काँखमा रहेको तल्फीमा एकरात…

                       अछुत कोपिला

करिब चार महिना पछिको जन्मुभूमि आगमनको पहिलो दिन निकै स्मरणीय बन्यो । काम विशेषले जुम्ला आएको थिए केही समयका लागि । जुम्ला आएको पहिलो दिन लगभग सबै सहकर्मीहरुसँग भेटघाट भयो भाद्र १९ गते । भाद्र २० गते बिहानै कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँगको पत्रकार सम्मेलनमा सहभागी भईयो । दिउँसो परीक्षामा । ४ बजे अकस्मात पातारासीको यात्रातय भयो । सारथी थिए, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्णप्रसाद चौलागाई । झिमझिमे वर्षाको डरसंँगै शुरु भयो सवारी यात्रा । खंलगाबाट मोटरसाईकलमा यात्रा शुरु गर्दा अलिअलि पानी परिरहेको थियो । जुम्ला बजार खलंगा देखि पातारासीको सिमाक्षेत्र भाङखोला सम्मको यात्रामा परीक्षा प्रणाली देखि पेशागत र व्यक्तिगत कुरामा भलाकुसारी भयो । झिमझिम पानी परिहेको थियो । भाङखोला नजिकै बाईक पुनेरी (सप्तरंगी)को फोटो खिचे पुर्ण दाईले । त्यसको करिब ५ मिनेटमा उर्थू बजार पुगियो । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने उर्थू पातारासी गाउँपालिकाको बजार क्षेत्र हो । केही वर्ष पहिले सम्म सुनसान उर्थू क्षेत्र विस्तारै बजारीकरणको चरणमा छ । सडक संजालका दृष्टिले त्यहाँको सम्मको यात्रा सहजै रहयो । उर्थूबाट फलामको पुल तरेर लागेउ आफ्नो गन्तव्य तल्फीतिर । उर्थूबाट केही अघि पुगेका थियौ, एकजना भोटे समुदायका दाई भेटिए, मोटरसाईकल बाटै मैले तल्फी जान कति समय लाग्छ भनेर सोधे । उनले मोटरसाईकलमा करिब दुई घण्टा लाग्ने बताए । तुमीहरु नरेश मुन्त्री गएको ठाउँ जाने हो ? भोटे समुदायले बोल्ने भाषाको लवजले हामीलाई प्रति पश्न गरे ति दाईले । भोटे दाईले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई भन्न खोजेका होलान् । नरेश मुन्त्री भनेपछि सजिलै बुझ्न सकिन्थ्यो । तर तल्फीमा मन्त्री भण्डारी सवार थिएनन् ।

उर्थूबाट कच्ची सडक छ करौडौ खर्च गरेर निर्माण गरिएको । सायद वर्षायाम भएर होला । बाटोमा हिलोले सतायो । त्यहाँ मानिस बिरामी पर्दा, सुत्केरी हुदाँ बजार ल्याउनु परेमा निकै सकस हुने अवस्था थियो सडकको । बीचमा बाईकबाट ओर्लिदै,चड्दै पातारासीको मुकाम डिल्लीचौर पुगियो, ५ बजे । त्यसपछि पनि हिलाम्य सडकसंँग लड्दै यात्रा निरन्तर चलिरहयो । केही अघि पुग्दा स्याउ लोड गरेर सदरमुकाम आउदै गरेको ट्याक्टर भेटियोे । नदीमाथि काठको फराकिलो पुल बनेको रहेछ, पंक्तिकार ६ महिना अघि त्यस क्षेत्रमा जाँदा पुलको राम्रो व्यवस्था थिएन । एकातिर हिलोसंगै कष्टकर यात्रा अर्कोतिर त्यसको क्षेत्रको सुन्दर प्रकृति,लटरम्मै फलेका स्याउका रुख, ठूला ठूला सडा (बारी) मा फलेका मकै फलेका । बाटोमा रहेका केही मनोरम दृष्यले थकान मटाईरहेका थिए । देख्दा मात्रै पनि रमाईलो लाग्ने ती बारीहरु त्यहाँको जनताको जिविकोपार्जनको माध्यम पनि हो । हिलोले दुवै जनाका जुत्ता निकै फोहोर भएका थिए हिलोले । पुर्ण दाईले मैले जुत्तामा लागेको हिलो पखाल्ने प्रयास गर्दा समेत दिएनन् । ती जुत्ता मुख्यमन्त्री र अन्य मन्त्री र मेयरलाई देखाएर मात्र पखाल्ने दोहो¥याईरहेका थियौँ । अलि पर पुगेपछि पाहुनालाई स्वागत गर्न हरियो रङको गेट बनाईएको थियो ।

मुख्यमन्त्री नआएको संकेत त्यहाँ टाँगिएको ब्यानरले दिन्थ्यो । दुबै जना मुख्यमन्त्री आएको या नआएको विषयमा आफुलाई लागेका तर्क विर्तक दिदै गयौँ । छुमचौर जाने मुल बाटो र अर्को तर पट्टी बाटो कुनबाट जाने अलमल भयो । केही अगाडीबाट कुखुराको चल्ला बोकेको गाडी हामी पछि थियो । स्वास्थ्यका दृष्टिले बोईलर खुकुरा उपयुक्त नभएपनि जुम्लाका गाउँगाउँ सम्मै पुगेका छन् । दुई बाटो मध्ये तल्फी जाने बाटो कुन हो भन्दा तलको बाटो रहेछ । हिडेम् । दुई भाई रमाईलो गर्दै गईरहेका थियौँ । ठूलो पानी सहितको खोला भेटियो । पानी बढि भएकाले डो¥याएर लिने की चडेरै लिने कुरामा हामी दुवै जनाको मत एउटै भएन । मैले पुर्ण दाईलाई डो¥याएर लिनुपर्ने मत राखे । खोलामा पानी ठूलो मात्रामा बगिरहेकोले पुर्ण दाईले पनि सहमति जनाईसकेका थिए । तर ती गाडीका डाईभरले दुवै जना बाईक चडेर जादाँ सजिलो हुने सल्लाह दिए । पुर्ण दाईले पनि जुम्लामा घर छ हाम्लाइ केको डर छ भन्दै बाईक मै चडेर खोला पार गर्ने तय भयो । अफसोच, बाईकले पानीमा तर्न सकेन । बाईक पानीमा पल्टियो, म पनि पल्टिए, निथुक्र्क भिजे, पुर्ण दाई पनि त्यसैमा पल्टिए बाईकसँग । खोला तर्न नसकेपछि हाम्रो पछि आएका दाईहरुको सहयोग निकै मिहेनत गरेर पानी भन्दा बाहिर निकाल्यौँ । मोटरसाईकल पुर्ण रुपमा भिज्यो । ब्रेक र ऐना भाँचिए । सुरक्षित रुपले गन्तव्यमा पुग्ने हाम्रो यात्रामा पुर्णविराम लाग्यो । पुरै पानीले भिजेको बाईल स्टार्ट गर्ने प्रयास असफल भयो । एक त बाईक बिग्रेको, दुर्घटनामा परेको दुःख, क्षति छदै थियो । त्यै बेला एक जना मदिरा सेवन गरेका, रगतले रक्ताम्मे भएका, करिब ६० कटेका बुढा आए । बौलाहा पारामा बाटोमा हिडिरहेका ती वृद्ध मन्त्रीको नाममा मर्ने बताउदै थिए । आफ्नै पारामा, अद्दई मुन्त्री आयाछुन, तिनुन सुम्मान गन्या, हामी न गन्र्या, के गर्या छुन तिनीहरुले मो मुन्त्री कै नाममा मर्छु भन्दै हामी वरीपरी घुमिरहेका थिए । स्थानीय सरकार आएपछि जनतामा देखिएको उदाहरण थियो त्यो । मैले पुर्ण दाई म बाईक स्टार्ट गर्छु तपाई ति वृद्धलाई खोला तार दिनु भनेर पठाए । केही गर्दा समेत सिप चलेन अन्नत डो¥याएर लैजाने कुरा भयो । धेरै मान्छे आफ्ना घर फर्किदै थिए । तल्फीमा आयोजित कार्यक्रमका प्रमुख अथिति कर्णाली प्रदेशका पर्यटन नन्दसिंह बुढा, राजनितिक कर्मी र एक जना गाउँपालिका अध्यक्ष सहित अन्य पनि थिए । पछि बाईकलाई मकैको बारीमा सुरक्षित राखेर त्यहाँबाट तल्फी साँझ साढे ६ बजे तल्फी पुयौँ ।
कार्यक्रममा सहभागी स्थानीय आ–आफ्नो घर फर्किदै थिए गाडीमा । तल्फी पुग्न वित्तिकै नेपाल टेलिभिजनकर्मी कर्ण भण्डारी र जनता टेलिभिजनका संवाददाता दीपक बुुढ्थापासँग भेट भयो । दुुवै जनालाई अभिबादन ग¥र्यो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तेस्रो केन्द्रीय बैठकको कार्यक्रम थियो । औपचारिक कार्यक्रम सकिसकेकोेले ७७ वटै जिल्लाबाट आएका पाहुनाहरुको लागि बासस्थानको व्यवस्था गर्दै थियोे आयोजक । पत्रकारहरुका लागि भने अगाडी नै व्यवस्था भइसकेको रहेछ । अनौपचारिक रुपमा नाचगानको कार्यक्रम हुदै थियो । केही समय दर्शकको रुपमा मनोरञ्जन लिइयो । पछि भने खुल्ला आकाशकर्मी मानबहादुर कुवँरले नाच्ने कुरा गरे । मैले पनि हुन्छ भने । आयोजक केही साथीलाई अनुरोध गरियो पनि । तीन जना स्थानीय भेषभुषामा सजिएका किशोरीसँग नाच्नु पर्ने भयो । २० वर्ष नपुगेका थिए उनीहरु । गितको बोल थियो तिम्रो जती माया त लालुम । पछि सयौको संख्यामा रहेका केटा केटीहरुसँग खुव रमाईलो भयो । भुगोलका हिसाव निकै ग्रामिण क्षेत्र भएपनि आधुनिक शैलीले प्रवेश गरिसकेको रहेछ । धेरै दर्शकहरुको अगाडी नाच्ने केटाकेटीहरुको ¥याप, रक र आधुनिक लोकगित हुन्थ्यो । त्यस्ता खालका थुप्रै गितमा हामी पनि नाच्यौ ।

समय घर्किदै थियो । पुर्ण दाई कोठामा जान बारम्बार आग्रह गरिरहेका थिए । २०–२२ वर्षे जवानी न हो नाच्न खुब जाँगर आईरहेको थियो । त्यतिकैमा हामीलाई बोलाउन कारोबारकर्मी मित्र सागर परियारको ईन्ट्री भयो । सागर आउदाँ त्यही ९ बजेको थियो । उनी हामीलाई बोलाउन आएका रहेछन् । हामी तीन जना भने नाचगानमा व्यवस्त थियो । सागर पनि के कम साल पा टपरी हुने भन्ने गितमा उनी पनि नाचे । सबै आफ्नै पारामा नाचिरहेका हुन्थे । मेरो भने एक जना बहिनीसंँग कुराकानी गर्ने अवसर मिल्यो । उनी समेर १६–१७ वर्ष जतीको थिईन् । परिचय नदिई÷नलिई कनै घर र जाने समय सोधे ? उनले साढे १० बजे जाने अवगत गराईन् । तल्फीबाट उनीहरुको घर पुग्न दुई घण्टाको बाटो हिड्नु पर्दो रहेछ । मलाई मनमनै लाग्यो यति राती सम्म घरमा गएका छैनन् उनीहरुका अभिभावकले के भन्छन् होला छ । उनी जस्तै पचासौको संख्यामा थिए केटाकेटी । जिल्लामा सबै भन्दा बढि बाल विवाह यही क्षेत्रमा हुने गरेको छ । त्यहाँ केही केटा र केटी साथी (लवर, लवर्नी) पनि थिए सायद । उनीहरुका व्यवहार, बोल्ने शैली र हाउभाउ हेद्रा थाहा हुन्थ्यो । त्यस क्षेत्रमा बढि बाल विवाह हुनुको कारण जिम्मेवार अभिभावक नहुनु पनि रहेछ । त्यसले गर्दा सानैमा प्रेममा परि विवाह हुँदो रैछ त्यस क्षेत्रमा । पछि नाचगान कार्यक्रम सकियो सागर सहित हामी चार जना पत्रकारहरु बस्न बनाईएको घरमा गयौ । त्यहाँ नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र बहादुर शाही, राष्टिय समाचार समितिका कर्णाली प्रदेश प्रमुख शुरबहादुर सिंह लगायतका साथीहरु थिए । कर्ण अंकल भने सुतिसकेका थिए । केही समय हस्यौली र ठट्यौली गर्दै बस्यौ । त्यो घरकी दिदी भने घोवा (मकै) को रोटी हाल्दै थिईन् ।

पछि आयोजकले खाना खान बोलाए । हामी बाहिर निस्किदा तल्फीका केटाकेटी र डोटी जिल्ला लगायातका अतिथिहरुको देउडा चलिरहेको थियो । खाना खाईसकेपछि हामी पनि केही समय रेष्ट गरेपछि हामी पनि देउडामा मिसियो । देउडा बाचन, सवाल, जवाफ फर्काउने जिम्मेवारी हाम्रै थियो ।करिब ३० मिनेट जति देउडा खेलियो । पछि फेरी दोहोरी खेल्ने सहमति भयो सबैको । समय निकै अवेर भएपनि मानिसहरुको घुँईचो निकै थियो । केही समय अघिको बहुचर्चित तथा विवादित गित गलबन्दीबाट शुरुवात भयो दोहोरी । विषयवस्तु विवाह, बहुविवाह, पत्रकारलाई कानुन लाग्ने, नलाग्ने, मन पराएका कुरा दोहोरीको माध्यमबाट खुलेरै सवाल जवाफ भयो । निकै रमाईलो भईरहेको थियो । त्यति कै मा रेडियो कर्णाली एफ.एम.का नौरते नेपाली र नयाँ पत्रिकाकर्मी मानदत्त रावल र पुर्ण दाई आए । नौरते दाईले गाउनमा साथ दिए भने पुर्ण दाईले नाचेर अनि मान दाइ भने दर्शक भएर रमाए । दोहोरी चल्दा चल्दा केही असहज वातावरण सिर्जना होला जस्तो देखेपछि नेत्र दाईले दोहोरी रोक्न आग्रह गर्नु भयो । केटी पक्षलाई धन्यावाद दिएर कोठा फर्कियौ । कोठामा फर्किए पछि समुह बनाएर सुत्यौ सबैजना । त्यस घरका आमाले निकै आदर सम्मानका साथ सुत्ने व्यवस्था गरिदिनु भयो । पुर्ण दाई शुरबहादुर दाईका निकै उरन्ठ्याउला गफ र ठट्याउलीले त्यो साझँ सम्झन लायक रहयो । कोठामा पनि केही ठट्याउलीका साथ सुत्यौ १२ बजेतिर ।
२१ गते बिहानै सबेरै कर्ण अंकल र दिपक भाई लोडचौर र छुमचौरमा गए । त्यसको केही समय पछि पुर्ण दाइ र मानदत्त दाई पनि मर्निङ्ग वाकमा निस्किए । साढे ६ बजेतिर सबै जना नजिकैको धारामा हाँत मुख धोएर फ्रेस भयौ, लगत्तै ब्रेकफास्ट (बिहानीको खाना) खान भयो । फाँपरको रोटी र मह थियो । करिब ३ सय जनालाई । ७७ वटै जिल्लाका सहभागीले अर्गानिक फाँपरको रोटी निकै उत्सुकताका साथ खाइरहेका थिए । फाँपर स्वास्थ्यका दृष्टिले निकै लाभदायी मानिन्छ । जुम्लामा पछिल्लो समय फाँपर खेती लोप हुदै गएपनि पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । उमेरले ६०–७० कटेका बुढी आमाहरुले पाहुनाको सत्कारका लागि राती १ बजेदेखि निरन्तर विहान ९ बजे सम्म काम गरिरहेका थिए । हामी पत्रकारहरु भने महासंघको तेस्रो बैठकको घोषणा पत्रको प्रतिक्षामा थियौँ । अन्ततः विश्व कै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोको काखमा महासंघले २१ बुँदे जुम्ला घोषणा पत्र जारी गर्यो । जलवायु परिवर्तनको विश्वव्यापी असर बारे हिमाल बचाऔँ अभियान जुम्लाको पातारासीबाट शुरु भयो । जुम्लामा लगभग लोपोन्मुख अवस्थामा रहेको सम्पुर्ण बाली पातारासीमा अहिले पनि उत्पादन हुने गरेको छ । पातारासी उत्पादनका हिसाबले अर्गानिक वस्तुको हब क्षेत्रको रुपमा रहेको छ । बिहानको खानापछि केही समय हिडेर अघिल्लो दिन बाईक दुर्घटना परेको स्थान सम्मको पैदल यात्रामा शुरबहादुर सिंहले सुनाएका निकै रमाईला उखान टुक्का बिर्सिनसक्ना छन् । पछि गाडीमा अलि अलि जोखिम मोल्दै र रमाईलो गर्दै खलंगा फर्कियौ ।

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस