दियालो सहकारीको निक्षेप साढे आठ करोड

जुम्ला २१ मङ्सिर ः दियालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाको आर्थिक कारोबार ८ करोड ७९ लाख ६० हजार ३ सय ५० रुपैया ४० रुपैया पुगेको छ । विगत १२ बर्ष अधि स्थापना भएको सहकारीको हालसम्म निक्षेप साढे ८ करोड बढी रहेको छ । शनिबार सम्पन्न सहकारीको १२ औँ बार्षिक साधारण सभामा संस्था अध्यक्ष किशोर न्यौपानेले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्माको प्रमुख आथित्य तथा सहकारी अध्यक्ष किशोर न्यौपानेको सभाध्यक्षमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

देशको आर्थिक क्षेत्रका तीन खम्बा नीति अनुसार विगत १२ बर्ष अधि यस सहकारीको जुम्लाको चन्दननाथ नगरपालिकामा स्थापना गरिएको हो । आर्थिक बर्ष ०७४÷०७५ मा शेयरपुजी ५६ लाख ८१ हजार ५ सय रहेको थियो । गत आर्थिक बर्ष ०६५÷०७६ को अन्त्यसम्म ९१ लख १६ हजार १ सय पुगेको र अहिले पछिल्लो तथ्यांक अनुसार १ करोड १० लाख रहेको जनाएको छ । सहकारी संस्थाका अध्यक्ष किशोर न्यौपानेका अनुसार संस्थाको दैनिक कारोवार अगाडी बढाउन र शेयर सदस्य हितका लागि विभिन्न १५ प्रकारका बचत खाता सञ्चालन गरिएका छन् ।
अधिल्लो आर्थिक बर्षमा ३ करोड ४९ लाख ८७ हजार २ सय ४७ रुपैया ऋण लगानी गरेको थियो भने गतबर्षको असार मसान्तसम्म संस्थाको ऋण लगानी ६ करोड ८२ लाख ८० हजार ८ सय ३३ रुपैया ९६ पैसा भएको जनाएको छ ।

त्यसैगरी चालु आर्थिक बर्षको मङ्सिर मध्येसम्म कर्जामा उल्लेख्य बुद्धि भई ८ करोड ४२ लाख ५५ हजार ४ सय २२ रुपैया ८७ पैसा पु¥याउन सफल भएको सहकारी संस्थाले जनाएको छ ।
चालु आर्थिक बर्षमा शेयरपँुजी १ करोड ७५ लाख र कुल निक्षेप १२ करोड १५ लाख पु¥याउने लक्ष्य राखेको सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बताए । त्यसैगरी ११ करोड २५ लाख कर्जा परिचालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस