काठमाडौं । ताइवानमा राष्ट्रपति चयनका लागि आज९शनिबार० मतदान हुँदैछ । निर्वाचनसँगै आउने नयाँ नेतृत्वले चीनसँगको टापुको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । निर्वाच्नमा मुख्य रुपमा त्सै इन वङ र हान कुओ वुबीच चुनावी प्रतिष्पर्धा हुने बताइएको छ ।
दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेकी वङले चीनसँग नजिक नरहने मुद्धालाई अघि सारेकी छन् भने हानले चीनसँग बढ्दै गएको तनाव अन्त्य गरेर सम्बन्ध सुमधुर बनाउने एजेण्डा मतदातासामु राखेका छन् ।दुई वर्षअघि त्सैको दलले स्थानीय निर्वाचनमा पराजय भोगेपनि राष्ट्रपतिय निर्वाचनमा अघि रहेको पर्यवेक्षकहरुले जनाएका छन् ।
आज हुने निर्वाचनमा मतदान गर्न दश लाख नागरिकले नाम दर्ता गराएको अधिकारीहरुले जनाएका छन् । स्वतन्त्र राज्य भएकाले ताइवान आफ्नै संवैधानिक व्यवस्था अनुसार सरकार, संविधान र सेनाको व्यवस्था गरेको छ । तर चीन १९४१ मा चिनियाँ गृहयुद्ध अन्त् भएसँगै यसमाथि सार्वभौमिकताको दावी गर्दै आएको छ । ताइवानलाई सार्वभौम राष्ट्रको मान्यता दिने कुनैपनि देशसँग कुटनीतिक सम्बन्ध राख्न चीनले अस्वीकार गर्दै आएको छ । ९एजेन्सी०