छोरी सुरक्षाका लागि स्थानीयतहमा पठायो चार करोड
सागर परियार,
कर्णाली सरकारले लागु गरेको छोरी सुरक्षाका लागि बैंक खाता कार्यक्रम गाउँगाउँमा शुरु भएको छ । छोटो समयमा पनि धेरै लोकप्रिय भएको छोरी सुरक्षा कार्यक्रमले छोराछोरी बीचको लैगिक विभेदलाई पनि कम गर्दै गएको छ । जुम्लाकै दुर्गम मानिने कनकासुन्दरी गाउँपालिकामा छोरी सुरक्षा कार्यक्रम शुरुले महिलाले राहत महसुश गरेका छन् । कनकासुन्दरी गाउँपालिका–८ सञ्ज्यलवाडाकी शान्ति सञ्ज्यालकी साउन १३ गते छोरी जन्मिँदा दुःखी भइन् ।
समाजमा छोराछोरीबीच गरिने विभेदले उनी निकै चिन्तीत थिईन् । छोरी जन्माएको भन्दै घरका समाजले वास्त गर्थेन् । उनले भनिन, सरकारले छोरी जन्मीए खाता खोलिदिने खबर पाए । त्यसपछि गाउँपालिका कार्यालय गँदा सबैले छोरी जन्माएकोमा हजुरलाई बधाई छ । अब गाउँपालिकाले छोरी र आमाको नाममा खाता खोलिदिँदै छ । भने, प्रत्येक महिना छोरीको नाममा ५ सय रुपैया खातामा हालिदिने छौ । भनेपछि उनी खुसी हुँदै घर घर आएको उनको भनाई छ ।
२० वर्ष सम्म पुगुन्जेल हरेक महिना जम्मा गरिने ५ सयका रुपैयाले छोरीका लागि कसैले केही नगरे पनि यही पैसाले आफ्नो पढाउने भन्दै खुसी व्यक्त गरिन् । त्यस्तै, कनकासुन्दरी–८ की विष्णुमाया भट्टले पनि छोरीको खाता खोलेपछि खुसी व्यक्त गरिन् । छोरी जन्माएको भन्दै नाक बंगाउने समाजका अगाडी सरकारले शुरु गरेको छोरी सुरक्षा कार्यक्रमले झट लागेको सुनाईन् ।
दुर्गम कनकासुन्दरी गाउँपालिका संगै कर्णालीका विभिन्न गाउँगाउँमा छोरी सुरक्षाका लागि बैंकखाता शुरु भएको छ । अहिले गाउँपालिकामा खाता खोल्नेको संख्या बढ्दो छ । कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले भने, यो कार्यक्रमले कर्णालीमा रहेको गरिबी अन्त्य गर्ने बालविवाह, शिक्षामा पछाडि पर्ने लगायत समस्या समाधान गर्ने बताए । उनले चालु वर्ष साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बैंक खाता हुने र उक्त खातामा गाउँपालिकाले पहिलो महिना एक हजार र बाँकी महिनाको ५ सयका दरले पैसा जम्मा गरिदिने जानकारी दिए ।
उक्त पैसा माध्यमिक तहसम्म पास नगरे, २० वर्ष उमेर नपुगी विवाह गरे नपाउने व्यवस्था छ । यो कार्यक्रम कर्णाली प्रदेश सरकारले आर्थिक, सामाजिक सुरक्षाका साथै छोरी जन्मँदा गर्व गर्ने समाज बनाउन छोरी सुरक्षा कार्यक्रम लागू गरेको हो ।
स्थानीयतहमा गयो चार करोड
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमका लागि कर्णालीका ७९ स्थानीय तहमा तीन करोड चौरासी लाख (झण्डै चार करोड) बजेट पठाएको छ । ‘कर्णालीमा बढिरहेको बालविवाह तथा भ्रुण हत्यालाई रोक्नका लागि सरकारले यो कार्यक्रम ल्याएको हा । ‘कर्णालीमा गत साउन एक गतेदेखि जन्मेका सबै छोरीकालागि खाता खोल्न बजेट अभाव नहोस भनेर कार्यक्रम सञ्चालन कार्यविधि २०७६ निर्माण गरि स्थानीय तहको खातामा पैसा पठाइएको हो । सामाजिक विकास मन्त्री दल रालले भनने, कर्णालीमा गर्भबाटै हिंसामा पढ्ने महिलाको संख्या धेरै छ ।
त्यसैले गर्दा छोरीहरुको सुरक्षाका लागि यो कार्यक्रम आएको छ । सोहि अनुसार कर्णालीका सबै स्थानीयतहमा आबश्यक बजेट पठाएको मन्त्री रावलको भनाई छ । गाउँ तथा नगरपालिकामा छोरीको जन्मेको तथ्यांकलाई आधार मान्दै बजेट पठाइएको मन्त्रालयले जनाएको छ । ७९ वटा स्थानीय तहका लागि सरकारले तीन करोड चौरासी लाख पठाएको हो । सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम लगायतका जिल्लाका स्थानीय तहका लागि ६ लाख देखि आठ लाख रुपैंया पठाइएको हो । भने अन्य दुर्गम जिल्लाका लागि तीन लाखका दरले रुपैंया गएको छ ।
कुन जिल्लामा कति बजेट ?
छोरी सुरक्षाका लागि कर्णालीका १० वटै जिल्लामा आबश्यक बजेट दिएको छ । जसमा सुर्खेतका ९ स्थानीय तहमा गरी ७२ लाख रकप दिएको छ । जो सबैभन्दा बढी हो । भने, सल्यानका पनि ९ स्थानीयतहले ६ लाख ६० हजार पाएका छन् ।
यस्तै, रुकुम पश्चिमका ६ ओटा स्थानीय तहले पनि ६ लाख, दैलेखका ११ स्थानीय तहले पनि ६ लाखको दरले रकम पाउँदा जिल्लामा ६६ लाख, जाजरकोट सात स्थानीय तहले ६ लाख, डोल्पाका ८ स्थानीय तहले ३ लाख छोरी सुरक्षाका लागि बैंक खाता कार्यक्रमका लागि बजेट प्राप्त गरेका छन् । भने, जुम्लाका आठ स्थानीइतहका लागि २४ लाख, कालिकोटका ७ स्थानीइतहका लागि पनि २४ लाख ५ स्थानीयतहका लागि १५ लाख गएको छ । १० वटै जिल्लाको गरी करिब ४ करोड बजेट भएको छ । खातामा सुरुमा १ हजार रुपैयाँ जम्मा गरिने छ ।
उक्त खातामा खातावाला २० वर्ष नपुग्ने बेलासम्म झिक्न नमिल्ने गरी मासिक ५०० रुपैयाँका दरले रकम जम्मा गरिनेछ । खाता खोलिएका छोरीहरु २० वर्ष पुग्दासम्म उनको खातामा प्रतिव्यक्ति एक लाख २१ हजार रुपैयाँ जम्मा हुन्छ । ब्याजसहित भने खातामा करिब दुई लाख रुपैयाँ जम्मा हुनेछ । चालु आवमा मात्रै कर्णालीमा ११ हजार छोरी जन्मीने अनुमान छ ।