मालपोतको अनलाईन सेवाप्रति असन्तुष्टी बढ्दै

 

कर्णाली पोष्ट ।

सिंजा गाउपालिका १ डिग्रागाउँकि मुन्कली कामी जिल्ला मालपोत कार्यालय जुम्लामा धाउन थालेको तीन हप्ता भयो । गएको मंसिर २३ गते देखि जग्गा नामसारीका दुई दिनको बासगरी सदरमुका आईन् । होटलमा बसेर धेरै खर्च भैईसक्यो तर काम नभएको उनले गुनासो गरिन् । पहिला ढिलोमा २र३ दिनमा जुनसुकै काम सिकन्थ्यो,तर आजभोली अनलाईन सेवाका नाममा पुरै सास्ती मात्रै भएको कामीको दुखेसो छ । प्रत्यक दिनको पाँच सयका दरले करिब १५ हजार खर्च भैइसक्यो काम हुने टुंगो छैन् ।

त्यस्तै पातरासी गाउँपालिका ७ पटमाराकी बिमला थापा पनि मालपोत कार्यालयमा चक्कर लगाउन थालेको पाँच दिन भयो । उनको काम पनि कहिले हुने टुंगो छैन् । जहिले जादा पनि तपाईको पालो नआएको भन्दै फर्काउने गरेको थापाले बताईन् । यता तातोपानी गाउँपालिका ५ लाम्राका धर्मबहादुर रोकायाले भने, मंसिर १२ गते मालपोतमा कागजात बुझाएको थिए ।

तर पुुुस ७ गते सम्म पनि उनको काम भईको छैन् । कर्मचारी संग बुझ्दा अझै पालो कहिले आउने हो,थाहानै नभएको बताए । तातोानी गाउँपालिकाकै धनबहादुर बुढा पुस १ गते देखि मालपोतको कामले आवतजावत गर्दै थाकि सकेको बताउन्छन् । भने, गुठिचौर गाउँपालिका ४ वडा खल्लावाडाका ६० वर्षिय ठेपसिंह सार्की छोराको नाउमा जग्गा नामसारी गर्न मालपोत आउन थालेको एक हप्ता हुदा पनि काम के भयो कहिले हुने भन्ने कुनै थाहा छैन् भन्दै दुखेसो गरिन् ।

जिल्ला मालपोत कार्यालय जुम्लामा संचालन गरिएको सुस्त अनलाईन सेवाले धनबहादु,मनकला, बिमला र ठेपसिंह मात्र हैन् जुम्लाका सम्पुर्ण सेवाग्राहि असन्तुष्ट रहेका छन् । दैनिक सयौ सेवाग्राहिको भिड हुने मालपोत कार्यालयमा पुर्ण तयारी बिनै अनलाइन सेवा शुरु गर्दा सेवाग्राहिले सास्ती पाएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

उनले भने, प्रविधिमैत्री सेवा दिनका लागि तालिम प्राप्त कर्मचारी, निरन्तर बत्ती, सफ्ट्वयर अफडेट हुनुपर्छ । अध्यक्ष महतले थपे कुनै कुरा तयारी नगरी अनलाईन सेवा चलाउदा नागरिकले सास्ती पाएको उनको भनाई छ ।

छिटो छरितो कामका लागि संचाला गरिएको अनलाईन सेवाले हप्तौ सम्म बजारकै बाँस गराउने भए तत्काल बन्द गर्न समेत स्थानीयको माग छ । अनलाई चलाउन कर्मचारी ढिला भएकै कारण सजिलो काम अगाडि गाह्रो काम पछि धकेलिने गरेको नागरिकको गुनासो छ ।

अनलाईन सेवा प्रभावकारी नुहुका कारण 
मालपोत कार्यालयका सबै अभिलेख सुरक्षित राख्न तथा छिटोछरितो सेवा दिन अनलाईन सेवा अत्याआबश्यक हो । जिल्ला मालपोत कार्यालय जुम्लाका प्रमुख मिनबहादुर रावतले जुम्लामा अनलाईन सेवा प्रभावकारी नहुमा धेरै कारण रहेको बताए । पहिलो कारण भनेकै जुम्लाकोे बत्ति हो । जुम्लामा २०७५ सालबाटै अनलाईन प्रणाली शुरु हुनुपर्ने हो । त्यहि बत्ति अभावकै कारण हुन सकेन् ।

नया भवनमा आएपछि २०७६ बाट अनलाईन सेवा शुरु गरेपनि बत्तिको अभाव, फाष्ट ईन्टरनेटको अभाव र कम्प्युटरमा काम गर्ने कर्मचारी अभावका कारण अनलाईन सेवा प्रभावकारी बनाउन नसकिएको कार्यालय प्रमुख रावतले बताए । दैनिक सयौ सेवा ग्राहि आउछन् अनलाईनमा काम गर्ने कर्मचारी तीन जना मात्रै छन् ।

अन्य कर्मचारिहरुलाई अनलाईन सम्बन्धी ज्ञान छैन । जसका कारण अनलाईन सेवा सुस्त हुन पुगेको हो । काठमाडौं बाट विज्ञ टोली तीन पटक जुम्ला आएर अनलाईन सिस्टमबारे प्रशिक्षण समेत दिएका छन् । प्रमुख रावत भन्छन, तर पनि नागरिकका गुनासा मात्रै सुन्ने नियमित बत्ती नआउदा नेट नचल्दा काम सुस्त भएको कुरा कसैले बुझेका छैनन् । बत्ति र टावरको समस्याकम कारण अन्य कर्मचारीहरुले अनलाईन सेवा सिस्टम चलाउने बारे सिक्न समेत पाएका छैनन् ।

तर यता नागरिकहरुले टावर नुहुनु बत्ती नहुनु नेट नहुनु जिल्लाको समस्या हो पुर्वतयारी बिना अनलाईन चलाउनु कार्यालयको दोष रहेको भन्दै सेवालाई छिटो छरितो गर्न सुझाब दिएका छन् । प्रशासन कार्यालयलाई सेवाको निरिक्षण गर्न पनि माग गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे के कती कारणले अनलाई सेवा प्रभावकारी हुन सकेन् सबै बुझेर सेवा प्रभावकारी बनाउन निर्देशन दिने समेत उल्लेख गरिन् ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस