
सागर परियार ।
मौसम खराबीका कारण क्यान्सर पिडित पुम्फा दमाईको उडान रद्द भएको छ । उपचारका लागि आज नेपालगन्ज हुदै चितवन क्यान्सर हस्पतालका लागि यात्रा तय भएपनि मौसम खराबीले हवाई सेवा अबरुद्ध हुदा पुम्फाको उडान रद्द भएको छ । २ बजे तारा एयरको फलाईटमा नेपालगन्ज जाने, त्यहाबाट चितवनकान लागि गाडीमा जाने तयारी भएपनि मौसम खराब भएर पानी पर्न थालेपछि उडान बन्द हुदा फुम्फाले जान पाएकी छैनन् ।
मंगलबार एम्बुलेन्स चढेर खलंगा आएकी पुम्फाले रातभरी क्यान्सर भएको स्तन सारै दुखेको बताएकी छ्रन् । चितवनको क्यान्सर अस्पतालमा उपचारका लागि छिटै पठाउन सबै प्रक्रिया पुरा भईसक्दा पनि पुम्फाका लागि मौसम बाधक भनेको छ । तारा एयरका रतन मल्लका अनुसार बोर्डिङ पास उपलब्ध गराइएको थियो ।
तर मौसम खराब भएपछि हवाई सेवा बन्द भएको जानकारी आएपछि पुम्फा संगै सबै यात्रुको उडान रद्द भएको मल्लको भनाई छ । पिडित पुम्फा दमाई सहित उनका कुरुवा हिक्मत दमाईको लागि जुम्ला देखि नेपालग्नज सम्म निशुल्क हवाई टिकटको व्यवस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिएको छ । विहिबार पहिलो फ्लाईटमा उडाउने जुम्ला विमानस्थलले जनाएको छ ।
४७ हजार आर्थिक संकलन
क्यान्सर पिडित पुम्फाको उपचारका लागि माघ ११ गते समचार प्रकाशीत भईसकेपछि आज सम्म उनको उपचारका लागि करिब ४७ हजार आर्थिक संकलन भएको छ । पुम्फाको उचार चितवनको क्यान्सर अस्पतालले निशुल्क गर्ने भएता पनि कुरुवा हिक्मत दमाई र कैलाश दमाईको खान बस्नका लाथि आर्थिक संकलन गर्न लागिएको हो ।
उपचार गराउन करिब २÷३ महिना लाग्ने भएकाले कुरुवाको खान बस्नका लागि आर्थिक आबश्यक रहेको हो । जस अनुसार पुम्फा बचाउन अभियानबाट हाल सम्म ४२ हजार आर्थिक संकलन भएको छ । जसमा अहिले सम्मकै बढी कर्णाली पोष्टका प्रमुख संरक्षक नरी परियारले २० हजार सहयोग गरेका छन् ।
भारतको हिमाचलबाट परियारले सहयोग स्वरुप २० हजार पठाएका हुन् । भने जुम्ली सेवा समाज काठमान्डौले ९ हजार ४ सय ६०, कान्जिरोवा होटलका मालिक नोर्बु लामाले ५ हजार, चन्दननाथ नगरपालिका ५ का कृष्ण सुनारले ५ हजार, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले ५ हजार, देपालगाउँकी उमा क्षेत्रीले १ हजार, तातोपानी ३ की सरस्वती बलमे २ हजार गरी हाल सम्म जम्मा ४२ हजार आर्थिक संकलन भएको थियो । भने संकलन भएको ४२ हजारनै पिडितका आफन्त नाती कैलाश तथा भतिजा हिक्मतलाई बुधबार हस्तान्तरण गरिएको छ ।