पुम्फाको उपचारका लागि तातोपानी गाउँपालिकाका कर्मचारीबाट २८ हजार सहयोग

सागर परियार ।
क्यान्सर पिडित पुम्फा दमाईको उपचारका लागि तातोपानी गाउँपालिका १९ जना कर्मचारीबाट करिब २८ हजार ७ सय रुपैया सहयोग प्राप्त भएको छ । तातोपानी २ की पुम्फा दमाई यतिबेला चितवनको क्यान्सर अस्पतालमा स्तन क्यान्सरको उपचार गराईरहेकी छन् । अबस्था जटिल भएकाले बाहिरको औषधी सबै खरिद गर्नु पर्ने भएकोले गर्दा आर्थिक संकलन अभियान जारी रहेको छ ।

जस अन्तरर्गत तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाको अगुवाईमा २८ हजार ७ सय सहयोग प्राप्त भएको हो । मंगलबार गाउँपालिकामा प्ुम्फा बचाउ अभियान्ता तथा पत्रकार सागर परियारलाई २८ हजार रुपैया हस्तान्तरण गरिएको लेखाअधिकृत बुढ्थापाले बताए । कर्मचारीले स्वईक्षा अनुसार पुम्फाको लागि व्यक्तिगत सहयोग गरेका हुन् ।

उनका अनुसार गाउँकामा सूचना गरेर ईच्छा अनुसार कर्मचारीले सहयोग गरेका छन् । जसमा लेखा अधिकृत मिलन बुढ्थापाले ५ हजार,अंगराज डाँगीले ५ हजार, आदि प्रसाद न्यौपानेले ३ हजार, विष्णु धितालले २ हजार, गुरुप्रसाद चौलागाईले २ हजार विष्णु रावलले १५ सय सहयोग दिएका छन् । साथै, गगन सार्कीले १ हजार, पार्वती गौतमले ५ सय, संगीता घर्तीले ५ सय, धनराज आर्चायले १ हजार, पदम नेपालीले ५ सय, भैरब चनाराले ५ सय, मणिकृष्ण उपाध्यायले ५ सय दिएका छन् ।

भने, ग्लोबल आईएमई बंैंक लिताकोटले २ हजार ६ सय, शिवराज न्यौपानेले १ हजार, मिन बहादुर डाँगीले ५ सय,, गौरी शंकर चौलागाईले ५ सय बजाज सोरुम मालिक डेनी श्रेष्ठले ११ सय गरी जम्मा २८ हजार ८ सय रुपैया सहयोग प्राप्त भएको छ । पुम्फाको सहयोग जुटाउन लेखाअधिकृत मिलन बुढ्थापाले उल्लेखीय भुमिका खेलेको प्रति पिडित परिवारले धन्यबाद दिएका छन् ।

भने प्राप्त २८ हजार ८ सय पुम्फाका कुरुवा भजिता हिक्मत दमाईलाई मंगलबारनै आईएमई मार्फत पठाइएको पत्रकार सागर परियारले बताए । तातोपानीका कर्मचारीको सहयोगले अन्य स्थानीयतहका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई दुखमा साथ दिनुपर्छ भन्ने ठुलो पाठ सिकाएको अनुभुती भएको छ ।

अझै आर्थिक सहयोग आबश्यक भएकाले सहयोगीह मनहरुलाई आर्थिक सहयोगका लागि समेत अपिल गरिन्छ । जनताको सुख दुखमा साथ दिन्छौ भनेर चुनिएका तातोपानीका जनप्रतिनिधले भने आर्थिक सहयोगमा चासो दिएका छैनन् ।

पुम्फाको आर्थिक संकलन अभियानमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुर्ण प्रसाद चौलागाईले पनि आबश्यक प्राविधिक सहयोग गर्दै आएका छन् । हाल क्यान्सर पिडित पुम्फा गत हप्ता देखि चितवनको विपि कोईरला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइएरहेकी छन् ।

प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस