मानदत्त रावल, जुम्ला ः जुम्लाको इतिहासमा सवै भन्दा पहिलो बित्तिय संस्थाको रुपमा चन्दननाथ बहुउेद्दश्यीय सहकारी संस्थामा २०३१ सालमा स्थापना हो । सुरुमा १५ हजार रुपैया बचत संकलन गरी कारोबार सञ्चालन गरेको सहकारीको करोडौँको कारोबार गर्न भएको छ । सहकारीले बहुउेद्दश्यीय उद्देश्य अनुसार स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको हो ।
सहकारीले एक जना हेल्थ असिस्टेन र एक जना अनमी नियूक्त गरी स्वास्थ्य सेवा सुभाराम्भ गरेको अध्यक्ष दुर्गादेवि न्यौपानेले बताईन । स्थानीय स्तरमै सामान्य रोग परीक्षण गरी निराकरण गर्न उद्देश्यका साथ सेवा सहकारीका पदाधिकारीको बंगलादेश भ्रमणपछि त्यहाँका सिकाई गरी स्वास्थ्य सेवा सुरु गरिएको उनले बताइन् । चन्दननाथ सहकारीसँग अवद्ध भएका सदस्यहरुलाई मात्र सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लामा सहकारीको कार्यक्षेत्र रहेको छ । १५ हजार ७ सय ६० जना सहकारीका सदस्य रहेका छन् । ६ जिल्लामा २ हजार ५ सय २२ वटा समुह रहेका छन् ।
अहिले ८५ करोड रुपैया बराबरको कारोबार हुने गरेका सहकारीका लेखा प्रमुख गोरबहादुर बस्नेतले बताए । हालसम्म सहकारीले ८२ करोड ७७ लाख ९४ हजार ५ सय लगानी गरेकोमा ६३ करोड ४१ लाख ६३ हजार ऋण असुली गरेको छ भने १९ करोड २९ लाख ३१ हजार ५० रुपैया असुली गर्न बाँकी रहेको जनाएको छ । सदस्यहरुको बचत १३ करोड १० लाख ३३ हजार ५ सय २७ रुपैया रहेको छ भने शेयर २ करोड ३५ लाख ७ हजार ५८ रुपैया रहेको सहकारीले जनाएको छ ।
सहकारीले कर्णाली प्रदेशको मुकाम सुर्खेतमा अर्गानिक पसल सञ्चालन गरेको छ भने जुम्लामा जग्गा लिजमा लिएर आर्गनिक खेती गर्ने गरेको छ । त्यसैगरी जुम्लाको सिञ्जा भेगमा विद्यालय सञ्चालन गरेको छ । सिञ्जाको गोठीज्यूला र धितालिहि दुवै स्थानमा कक्षा ५ सम्म पठनपाठन गरी रहेको छ । अहिले दुवै विद्यालय गरी ६ सय विद्यार्थी अध्ययनरत रहेको लेखा प्रमुख बस्नेतले बताए । सहकारीको मुख्य कार्यालय जुम्लामा रहेको छ भने ६ जिल्लामा १४ वटा सहकारीका शाख रहेका छन् । सहकारी अहिले ८४ जना कर्मचारी परिचालन गरेको जनाएको छ ।
बित्तिय पहुँचमा महिला
जुम्लामा बत्तिय संस्था सहकारी स्थापना भएपछि यहाँका महिला वित्तिय पहुचमा पुगेका छन् । तातोपानी–२ जर्मी गाउँकी मायादेवी दमाई तीन वर्ष पहिलो घरकै कामका मात्रै व्यस्त हुने गरेकी थिइन् । उनलाई साँझ विहान घरधन्दाकै चिन्ता हुन्थ्यो । घरको आर्थिक पाटोका विषयमा कुनै चासो नै थिएन । साचो चिन्ता पनि कसरी होस । उनलाई हिसावहिताव कसरी गर्ने भन्नेबारे थाहै थिएन । उनी २०७३ सालमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध भएर मासिक सय रूपैयाँ बचत गर्ने गरिन् । समय बित्दै जाँदा सहकारी मार्फत धेरै पटक उनले तालिम प्रशिक्षण पनि पाइन् । बचत गर्ने र घरायसी हिसाबकिताब गर्ने बारेको तालिम लिए पनि उनलाई अहिले सहज भएको छ ।
त्यस्तै, चन्दननाथ नगरपालिका–६ की पार्वती महतारा पनि पहिले घरकै कामका व्यस्त हुने गरेकी थिइन् । पछि दियालो बहुउद्देश्यीय सहकारीमा आबद्ध भएपछि अहिले व्यवसाय गरेर बसेकी छन् । उनी निरक्षर भए पनि लाखौंको कारोबार गर्न सक्छिन् ।
सहकारीमा आबद्ध भएपछि वित्तीय पहुँचमा पुगेका महिला कर्णालीमा धेरै छन् । सहकारीले दिएको चेतना र नियमित बचत गर्ने प्रणालीले महिला वित्तीय पहुँचमा पुगेका हुन् । पहिले घरायसी काममा मात्र अल्मलिने महिला अहिले आर्थिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । सहकारीबाट ऋण लिएर महिलाले सिलाइकटाई व्यवसाय सञ्चालन गरेका छन् भने कतिले खुद्रा व्यवसाय गरी जीविका चलाइ रहेका छन् ।
सिलाईकटाई व्यवसाय गर्दै आएकी तातोपानी गाउँपालिकाकी हिमा दमाईले सहकारीले यहाँका महिलालाई वित्तीय पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
महिला समुहमा बचतसँगै स्वास्थ्य सेवा
प्रकाशित मिति : २०७६ माघ २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस