
हस्त वुढा
जुम्लामा सवारी साधनको चाप बढे संगै ट्राफिक कार्वाहिमा पर्नेको संख्या पनि ह्वात्तै बढेको छ । जुम्लामा गुड्ने साना ठुला सवारीले क्षामता भन्दा बढी यात्रु राख्ने, अनियन्त्रीत रुपमा ओभरटयाक गर्ने, कागजातहरु साथमा नराख्ने, मदिरा खाएर सवारी गर्ने लगायतका ट्राफिक नियम विपरितका कार्य गर्दे आएका छन् । ट्राफिक प्रहरीले नियमित चेकजाँच तथा नियमनमा ल्याउने प्रयास गरे ट्राफिक नियम उलन्घन गर्नेहरुको संख्या दिनदिनै बढेको पाईन्छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार चालु आवको हाल सम्म अर्थात सात महिनामा पनि करिब ७ सय ९४ साना ठुला सवारी कार्बाहिमा परेका छन् ।
ट्राफिक प्रमुख कल बहादुर शाहिका अनुसार सबै भन्दा बढी कार्बाहिमा पर्ने मोटरसाईल रहेका छन् । जसमा मोटरसाईल २ सय ८४, बस ८२, ट्क ८९, जीप १ सय ५१ ट्याक्टर र अटो १ सय ३० गरी जम्मा ७ सय ९४ सवारी कार्बाहिमा परेको शाहिले जानकारी दिए । चालु आवको सात महिनामा कार्बाहिमा परेका करिब ८ सय सवारीबाट झण्डै ६ लाख ८५ हजार ५ सय राजश्व संकलन भएको प्रहरी हवबल्दार कुशराज शाहिले बताए । जसमा सबैभन्दा बढि राजश्व मोटरसाइकलबाट दुई लाख ४० हजार राजश्ज उठेको हो ।
त्यस्तै अटो रिक्साबाट एक लाख १० हजार पाँच सय, टयाक्टरबाट ४९ हजार ५ सय, जीपबाट एक लाख २९ हजार, ट्कबाट ८४ हजार र बसबाट ७२ हजार ५ सय गरी जम्मा ६ लाख ८५ हजार पाँचसय राजश्व संकलन भएको जिल्ला ट्राफिक जुम्लाले जनाएको छ । अहिले सम्म भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । भने, २२ जना घाईते भएको तथ्यांक छ । कर्णाली राजर्माग अव्यवस्थित पार्किङले पनि दुर्घटनाको जोखिम बढाएको छ । असई विमल कुमार रावलले भने, दुर्घटना कम तथा ट्राफिक सम्बन्धी जनचेतना विस्तारका लागि चन्दननाथ नगरपालिकाले पनि आबश्यक सहयोग गर्नुपर्ने बताए ।
बसपार्क संचालन नहुनुनै दुर्घटनाको कारण
कारागार नजिक निर्माण भएको वर्षौ बितिसक्दा पनि बसपार्क संचालनमा नआउँदा राजमार्गमा अव्यस्थित पार्किङ बढिरहेको छ । बेलैमा नगरपालिकाले चासो नदिँदा यातायात क्षेत्रमा बढ्दै गएको मनपरी तन्त्रले दुर्घटनाको जोखिम संगै सर्वसाधरण यात्रुहरु ठगिने गरेका छन् । केहि समय निर्माण पछि कहिले संचालन हुने भनेर गयो, अहिले बसपार्क संचालनका लागि टेण्डर समेत भईसक्दा पनि विभिन्न बाहानामा बसपार्क संचालनमा ढिलाई भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतको आरोप छ ।
पुरानो बसपार्कमा बढ्दै गएको सवारी चापकै कारण दुर्घटनाको जोखिम बढेको छ । तर यस विषयमा यातायात व्यवसायी रमिते छन् । भने नियमनकारी निकाय नगरपालिका बेखर छ । आज आज भन्दै बर्षौ बितिसक्यो, सरकारले तोकेको भन्दा भाडा बढी असुली रहेका छन् । जुम्लामा दुर्घटनाको जोखिम कम गर्न नगरपालिका र ट्राफिक प्रहरीबीच हातेमालो गरि अगाडी बढ्नुको विकल्प छैन् ।