
सागर परियार जुम्ला।
अहिले पनि कर्णाली खाद्य सुरक्षाको जोखिममा छ । कर्णालीलार्ई बार्षिक रुपमा करबि तीन लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । तर आपुर्ति भने निकै न्युन छ । भने, कर्णालीमा बर्सेनि तीन लाख २६ हजार पाँच सय ७३ मेट्रिकटन खाद्यान्न उत्पादन हुने सरकारी तथ्यांक छ । भने, कर्णाली २५ हजार चार सय २८ मेट्रिकटन खाद्यान्न आयातमै निर्भर रहेको पाइएको छ । त्यसैले पनि साविक कर्णालीका नागरिक खाद्यसंस्थानले दिने अनुदानको चामलमै आश्रित छन् ।
खाद्यको चामलमै निर्भर भएर होला, एकदशक पहिलो जुम्लामा र अहिले हुम्ला डोल्पामा खाद्यको चामल पाउन नेता गुर्हानुपर्ने अबस्था छ । भौगोलिक रुपमा निकै विकट हुम्लामा महिनौदेखि चामल नपुग्दा स्थानीयले खाद्यन्नको समस्याले जेलिरहेका छन् । भने यता जुम्लामा करिब ३ हजार ७ सय ५८ क्वइन्टल ६५ किलोे चामल मौज्दात रहेको छ । चालु आवमा जुम्लालाई ३ हजार ९ सय ३४ क्वइन्टल ७० किलो चामल प्राप्त भएको थियो ।
खाद्य संस्थानका प्रमुख तिलक सुनारले भने, गत आवको करिब १९ सय ८८ क्वईन्टल ३० किलो चामल मौज्दात थियो । सबैगरी जुम्ला खाद्य संस्थाका दुई गोदामा रहेका ५ हजार ९ सय २३ क्वईन्टल चामल मध्य हाल सम्म २१ सय ६३ क्वईन्टल मात्रै विक्री भएको प्रमुख सुनारले बताए । भने, विगतका वर्ष भन्दा चामल बढी विक्री नभएपनि चालु आवको अहिले सम्म करिब ९७ लाख बराबरको चामल विक्री भएको खाद्य संस्था जुम्लाले जनाएको छ ।
बाहिर खाद्यमा चामल अभाव भन्ने हल्ला मात्रै हो । सुनारले भने, हामी संग १÷२ वर्षका लागि चामल मौज्दात छ । आबश्यकता अनुसार कर्णालीका अन्य जिल्लामा पठाउन सकिन्छ । तर भौगोलिक विकटता, ढुवानीको मुख्य समस्याले गर्दा साविक कर्णालीमा कतै चामल मौज्दात हुने, कतै महिना वर्षदिन नपुग्ने समस्या रहेको छ । अरुवा मोटा, जापानिज, जिरा मसिनो मध्यम लगायत धेरै प्रकारको चामल सस्तो पाईन्छ ।
हुम्लामा पुगेन ३ सय क्वईन्टल चामल
देशमा ठुला राजनीति परिवर्तन भईसके । केन्द्रित राज्य व्यवस्थाको अन्त्य भई विकेन्द्रकृति राज्य व्यवस्था अर्थात संघियता घरघरमा आईसक्यो । गाँस,बास र कपासको ग्यारेण्टी सरकारले गर्ने नीति तथा कार्यक्रम आईरहेका बेला समयमै खाद्यन्न नपुग्दा समस्या झेल्नुपर्ने अबस्था कर्णालीमा अहिले पनि छ । हुम्ला भौगोलिक हिसाबले विकट, सडक संजालले नछोएको जिल्ला हो । त्यहा चाहिने आधारभुत आबश्यक परिपुर्तिका लागि राज्यले विशेष प्रथामिकता दिएर काम गर्नुपर्ने हो ।
तर गत आवमा हुम्लोको सर्मी, काईगाँउ जानुपर्ने ३ सय क्वईन्टल चामल बीच बाटौ अलपत्र भएको वर्षदिन हुनलाग्दा पनि राज्य बेखवर छ । स्थलमार्गबाट काठमाडौं–केरुङ्ग–हिल्सा हुँदै हुम्लाको सल्ली खोला पुगेको ढुवानी अनुदानको तीन सय क्वीन्टल चामल बीच बाटोमै कुहिएको छ । समयमै राज्य ध्यान नदिँदा खोलामै अलपत्र भएको चामल स्थानीयको घरमा नपुग्दै कुहिएको छ । खोलामै ३ क्वईन्टल चामल कुहिएको छ । गाउँका नागरिक खाद्यन्न अभावको समस्यामा छन् ।
आर्थिक वर्ष २०७५÷०७६ आईपुग्नु पर्ने चार हजार क्वीन्टल चामलमध्ये पुस महिनासम्म तीन हजार सात सय क्वीन्टल चामल मात्रै जिल्ला पुगेपछि तीन सय क्वीन्टल चामलबीच बाटोमै कुहिएको कुरा थाहा भएको खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए । सडक नजोडिएको जिल्लामा नेपाल सरकारले ढुवानी अनुदानमा दिँदैं आएको चामल खाद्य संस्थान र ठेकदारको लापरबाहीका कारण हुम्लामा नपुगेको स्थानीयको आरोप छ ।
ढुवानी भएर हुम्लाको सल्ली पुगेको चामल ठेकदार र खाद्य संस्थान जिल्ला कार्यालयले समयमै सिमकोट ढुवानी गर्नमा ध्यान नदिएकाले बाटोमै कुहिएको हो । तर संस्थानको सिमकोट कार्यालयले भने हिमपातका कारण ढुवानी हुन नसकेर चामल कुहिएको दाबी गरेको छ ।
बल्लबल्ल एक वर्षपछि जिल्लामै पुगेको चामल संस्थान ठेगेदारको मिलोमत्तोमामा अलपत्र पारेको स्गथानीको शंका छ । हवाईमार्ग र स्थलमार्गबाट हुम्लामा चामलको ढुवानीको जिम्मा लिएका चंखेली देउती बज्यै जेभिका प्रमुख धु्रब शाहीले त्यस विषयमा आफूलाई कुनै थाहा नभएको जानकारी दिए ।
जन्ममृत्युको २० किलो चामल प्रभावकारी
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएदेखि साविक कर्णालीमा लागु गरिएको गरिब विपन्नलाई जन्ममृत्युमा २० किलो चामल कार्यक्रम प्रभावकारी हुदै आएको छ । जन्म र मृत्यु हुँदा कुनै कर्णालीका नागरिकले २० किलो चामल निुशल्क आउँदा जाँदा लाग्ने ज्याला समेत पाउने व्यवस्था छ । जस अन्तरर्गत जुम्लामा चालु आवको हाल सम्म करिब ३ सय ५९ जना सेवा लिएका छन् । तीमध्य जन्म हँदा सेवा लिने ३ सय २७ जना र मृत्यु हुँदा ३२ जनाले सेवा लिएको खाद्य संस्थान जुम्लाका प्रमुख तिलक सुनारले बताए ।
भने, २० किलोका दरले ३ सय ५९ जनालाई ७ हजार १ सय ८६ क्वईन्टल चामल हाल सम्म विक्री भएको छ । भने, गत वर्ष करिब ६ हजार ६ सय क्वईन्टल चामल जन्ममुत्यु कार्यक्रम अन्तरर्गत विक्री भएको थियो । साथै, चामल ल्याउन आउँदा ज्याला बापत १ लाख ६७ हजार पाँचसय खर्च भएको छ ।
चन्दननाथ नगरपालिका बाहेक तातोपानी, तिला, गुठिचौर पातारासीबाट आएकालाई निशुल्क २० किलो चामल ५ सय ज्याला र सिंजा क्षेत्रबाट आउनेलाई २० किलो चामल र १ हजार ज्याला दिने गरिएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा शुरु गरेको कर्णालीका नागरिकलार्य जन्ममृत्युमा २० किलो चामल कार्यक्रमले विपन्न समुदायलाई ठुलो राहत पुराएको छ ।