
हुम्ला-कर्णाली करिडोरअन्तर्गत पर्ने कालिकोटको जितेगडादेखि बाजुराको पिलुचौर सम्मको ६५ किलोमिटर सडकमा चल्ने सार्वजनिक सवारी साधनले मनमानी भाडा असुल्ने गरेका छन् ।
६५ किलोमिटरको सडक खण्डमा १ हजार ५ सय भाडाँ लिने गरेको पाइएको छ । सो सडकमा चल्ने जिपले एक जना यात्रुबाट एक हजार पाँच सयम्म भाडा असुल्ने गरेको पाइएको छ ।
सुर्खेतदेखि कालिकोटको जितेगडासम्म १सय १८ किलोमिटर यात्रा गर्दा रु. सात सय मात्रै भाडाँ तिर्नुपर्छ । कच्ची बाटोका नाममा छोटो दुरीमै जिपहरुले खुलेयाम रकम असुल्ने गरेका छन । सुर्खेतदेखि कालिकोटको जितेगडासम्म जम्मा ७ सय रुपैयामा आएपनि ६५ किलोमिटरको दुरीमा १ हजार ५ सय रुपैया तिर्नुपरेको मुगु खत्याड गाउँपालिका ४ की सरस्वती रोकायाले गुनासो गरिन् ।
टिकटमा कम लेख्ने तर बढी तिर्नु पर्ने बाध्यता छ । सुर्खेतबाट घर फर्किंदा जिपहरुले महग्रो भाडा लिएपछि भोकै बस्नु परेको मुगु खत्याड गाउँपालिका ४ की पुजना सार्कीले गुनासोगरे । कर्णाली करिडोरमा मनपरी भाडाँ असुली गरेपनि प्रहरी भने रमिते बनेको छ । सर्वसाधारणलाई अप्ठयारो पर्दा पनि प्रहरीले केही वास्ता नगरेको यात्रुहरुको गुनासो छ ।
६५ किलोमिटरका लागि साढे १५ हजार रिर्जभ
जिपका यातायात व्यवसायीहरुले कालिकोटको जितेगडादेखि बाजुराको पिलुचौरसम्म ६५ किलोमिटरमा रिर्जभमा १४ हजार ५ सय रुपैया लिने गरेका छन् । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरमा यात्रुकाे सहजताका लागि जिप सञ्चालन गर्न अनुमति दिइएको थियाे । डक समस्या देखाउँदै जिप व्यवसायीले भने मनोमनी रुपमा भाडा असुल्ने गरेका छन् ।
स्थानीय जनप्रतिनीधि, स्थानीय प्रशासन र नेपाली सेनाबीच सहमति गरेर कर्णाली करिडोरमा प्रतिकिमी रु ११ लिने निर्णय भएको थियो । यसका आधारमा जितेगडादेखि पिलुचौरसम्मकाे भाडा दर ७ सय १५ रुपैयाँ हुन्छ । तर, व्यावसायीले निर्धारित भाडाभन्दा दोब्बर रकम असुल्दै आएका छन् ।
https://www.nayapatrikadaily.com/news-details/37443/2020-02-28