जलवायु परिवर्तन अनुकुलन कार्ययोजना निर्माण

जुम्ला ः जलवायु परिर्वतन स्थानीय अनुकुलन कार्ययोजना निर्माण गरिएको छ । जलवायु परिवर्तनले गरेको असरलाई न्युनिकरण गर्ने उपाय, जलवायु परिवर्तनले पारेको असर र यसबाट बच्ने उपाया सहितको कार्ययोजना निर्माण गरिएको हो । जुम्ला, मुगु र कालिकोट जिल्लाका ७ वटा स्थानीय निकायलाई सहयोग पुग्ने गरी कार्ययोजना बनाएको हो । अनुकुलन कोषको आर्थिक सहयोग तथा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग, साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्धारा सञ्चालित क्याप्स कर्णाली कार्यक्रम अन्तर्गत जलवायु परिर्वतन स्थानीय अनुनुलन योजना (लापा) बनाएको हो । जलवायु परिवर्तनले पारेको असर र यसबाट बच्ने उपायका विषयमा सहभागीले स्थानीय अनुकुलन कार्ययोजना निर्माण गर्नकमा सहजीकरण गरेका छन् । कालिकोट र जुम्लाका ३५ जना सहभागीले स्थानीय अनुकुलनका बारेमा कार्ययोजना निर्माण गरी स्थानीय स्तरमा लागु गर्ने बताएका छन् ।
जलवायु परिवर्तनको असरले गर्दा वनजंगल, पानीका मुहान र वनमा पाइने जंगली जनावर लोपोन्मुख अवस्थामा पुगेका छन् । पानीका मुहान सुक्दा सिंचाइको अभावले सोचे जति खाद्यन्न उत्पादन हुन सकेको छैन् । जसका कारण स्थानीय जनताको जीवन शैलीमा प्रत्यक्ष असर परेको छ । जलवायु परिवर्तनले असर गरेको क्षेत्रलाई पहिचान गरी न्युनिकरणका उपाय अलवम्बन गर्नको लागि कार्ययोजना बनाईएको पेस नेपाल जुम्लाले जनाएको छ । कार्ययोजनामा तापक्रमको अवस्था, अनुकुलन क्षमता, संकटा संन्नता जोखिमका क्षेत्र लगायत विषय समावेश गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताए । जुम्लामा देखिएको जलवायुको असरलाई न्युनिकरण गर्नको लागि खाँका तयार पारिएको उनको भनाइ छ । जलवायुका हिसाबले क्षति गरेको बस्तीलाई पहिचान गरी न्युनिकरण गर्नको लागि कार्यक्रम तयार गरिने अध्यक्ष न्यौपानेले बताए । जुम्लाको हिमा, तिला र तातोपानी गाउँपालिकामा जलवायु परिवर्तनले पारेको असरका क्षेत्र पहिचान गरी न्युनिकरणका लागि स्पष्ट योजना तयार गरिएको उनको भनाइ छ । बाढी, पहिरो, चट्याङ्ग, हावाहुरी, वर्षा र अन्य गतिविधिलाई पहिचान गरी पेस नेपालले योजना तयार गरेको जनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जलवायु परिवर्तनको असरसँग जुध्ने योजना आवश्यक रहेको बताए । जलवायु परिवर्तनको असरले खाद्यन्न उत्पादनमा ह्रास हुँदै गएको भन्दै उनले सिंचाई नहुने जमिनमा थोपा सिंचाइ प्रविधि प्रयोग गर्नुपर्ने बताए । जुम्लामा यस वर्ष भएको हिमपातलाई जलवायु परिवर्तनको संकेत भन्दै उनले अनुकुलनका उपाय अवलम्बन गर्नुपर्ने जोड दिए ।
वन तथा वातावारण मन्त्रालयका उपसचिव डाक्टर केशवराज गौतमले स्वच्छ वातावारणमा जीउन पाउने नागरिकको अधिकारलाई संविधानले सम्बोधन गरेको बताए । वातावारण अस्वच्छ जलवायु परिवर्तनको कारणले भएको भन्दै उनले न्युनिकरणका उपाय बेलैमा अपनाउनु पर्ने सुझाव दिए । जलवायु परिवर्तनको चपेटामा गरिब नागरिक परेका भन्दै उनले अनुकुलनको योजनालाई तल्लो तहसम्म लिएर कार्यान्वयन गर्नु पर्ने जानकारी दिए । कार्यक्रम जुम्लामा पेस नेपाल हुरनडेक, आससिडिसि मुगु जिल्लामा तिन जिल्लामा सञ्चालन हुने ४ वर्षे क्याप्स कर्णाली कार्यक्रमका लागि १ अर्ब रकम खर्च हुने उनको भनाइ छ ।
प्रशिक्षक सोमलाल श्रेष्ठले जलवायु परिवर्तनको असर स्थानीय स्तरमा बढी देखिएको बताए । मानिसको व्यवहारका कारण जलवायु परिवर्तनको असर बढी देखा परेको उनले जानकारी दिए । वातावातारणमा असर पार्ने काम मानिसले गरेको छ । जलवायु परिवर्तन समाजिक मुद्दा बनि सकेको भन्दै उनले प्रत्येक व्यक्तिले अनुकुलनका उपाय अपनाउनु पर्ने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस