
हस्त बुढा जुम्ला ।
जुम्लाका पत्रकारले बालबालिका सगं सम्बन्धीत विषयबस्तुलाई विशेष प्रथामिकता दिएर समचार सम्प्रेरण गर्नुपर्नेमा जोड छन् । बालबालिकाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट लगानी भएपनि अपेक्षा अनुसार उपलब्धी हुन सकेको छैन् । अहिले पनि बालमजदुर, विद्यालय क्षेत्र बाहिर जाने बाललिका समुदायमा धेरै छन् । कापी कमल बोक्ने अबस्थामा हातमा हथौडा समात्ने बालबालिका पनि धेरै छन् ।
उनिहरुलाई संविधानले दिएको अधिकार अनुसार शिक्षा, स्वास्थ्यको अधिकार प्रत्याभुतिका लागि पनि पत्रकारहरुले बालबालिका विषयबस्तुलाई प्रथामिकता दिनुपर्ने देखिन्छ । जुम्लामा शुक्रबार आयोजित बाल समृद्धीका लागि पत्रकारहरुको भुमिका विषय अन्तरक्रियामा बाल समृद्धीका लागि बालमैत्री पत्रकारितामा जोड दिनुपर्ने निष्कर्ष आएको छ ।
बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा विगत तीन वर्षदेखि काम गर्दै आएको किर्डाक नेपाल जुम्लाद्धारा संचालित शिक्षा परियोजनाले बालबालिको सिकाई बृद्धि देखि बालसमृद्धीका क्षेत्रमा उल्लेखीय काम गरेको पाइएको छ । कार्यक्रम संयोजक दिपराज रावतले भने, हाल सम्म करिब ६३ पढाई शिविर ११ सय ३९ घरमा पढाई कुना निर्माण गरी बालबालिकाको आनीवानी सुधारमा जोड दिएका छौ ।
भने, सिकाई बृद्धि, गुणस्तरी शिक्षाका लागि शिक्षक तथा अभिभावकलाई पठन सिप सम्बन्धी समेत शिक्षा दिइएको छ । रावतले थपे, तर मिडिया कवरेज हुन सकेन् । त्यसैले पनि अब जुम्लालाई आउँदा २०२३ सम्म बाल समृद्ध युक्त जिल्ला घोषणा लक्ष्यलाई पुरा गर्न बालमैत्री पत्रकारितामा जोड दिन आग्रह गरे ।
कक्षा १ देखि ३ सम्मका बालबालिको सिकाई बृद्धिका लागि व्यवहारिक कुरा सिकाउने गरिएको शिक्षा परियोजनाका तालिम संयोजक भरत बोहोराले बताए । उनका अनुसार पहिला विद्यालय जान्न भन्ने, हातमुख नधुने, सरसफाई नगर्ने बालबालिकाहरु पनि आजभोली पढाई शिविरको माध्यमबाट सुध्रिएका छन् । यता, पत्रकार महासंघका केन्द्रिय सदस्य पुर्ण प्रसाद चौलागाँईले बालबालिका भविष्यका कर्णदार भएकाले पनि अहिलेबाटै राम्रो मलजल गर्नका लागि आबश्यक लगानी गर्न आबश्यक रहेको बताए ।
उनले पत्रकारिताका क्षेत्रबाट बालबालिका विषयबस्तुलाई प्रथामिकता दिने प्रतिबद्धता गर्दै, रहेक स्थानीयतहले बालमैत्री स्थानीयतहमा जोड दिन आग्रह गरे ।
जिल्ला स्थित सम्पुर्ण पत्रकारले समचार लेख्दैमा बालबालिकाको उद्दार भएपनि दिगो व्यवस्थापनको समस्या भएकाले स्थानीय सरकार बढी जिम्मेवार हुनु पर्नेमा सुझाब दिएका थिए । जुम्लामा किर्डाक नेपालले वल्डभिजन ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा शिक्षा परियोजना अन्तर विभिन्न उल्लेखीय कामहरु गर्दै आएको छ ।