एसइई परीक्षा हलमा मोवाइल निषेध


जुम्ला ः आगामी ६ चैत देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) हलमा मोवाइल निषेध गरिने भएको छ । मोवाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्न पत्र बाहिरी सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोवाइल निषेध गर्ने निर्णय गरेको हो ।
सोमबार जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा बसेको बैठक तथा केन्द्राध्यक्षलाई अभिमुखिकरण कार्यक्रममा एसइइ परीक्षा हलमा मोवाइल निषेध गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । उनले भने परीषालाई मर्यादित बनाउनका लागि यस्तो समितिले यस्तो निर्णय गरेको हो ।
कतिपय बिद्यालयका सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ भने कतिपय केन्द्रमा अन्य बिद्यालयका प्रधानाध्यापक तथा मावि शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख भण्डारीले जानकारी दिए । एसईई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत तयारी अबस्थामा रहेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी दर्गा बञ्जाडेले प्रवेश पत्र नभएका परीक्षार्थीलाई परीक्षा हलमा प्रबेश गर्न नदिन र परीक्षा मर्यादित बनाउन सबै केन्द्राध्यक्षलाई निर्देशन गरिएको छ । उनले भनिन् कुनै पनि परिक्षार्थी तथा निरीक्षकले परीक्षा अवधिभर मोबाइल लिनदिएको खण्डमा केन्द्राध्यक्षलाई पनि कार्बाही गरिने छ ।
त्यस्तै प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले एसइइ परीक्षा मर्यादित र भयरहित वातावरण बनाउनका लागि परीक्षा अवधिभी सुरक्षा ब्यवस्था कडा पारिने बताए । उनले भने यति कोही कसैले नक्कली परीक्षार्थी राखेको भेटिए कानुनी कार्बाही गरिने छ ।
बिगतका वर्षमा जुम्लाको एसइइ परीक्षामा आफ्ना बिद्यार्थीलाई पास गर्न, राम्रो ग्रिरेडिङ ल्याउने बाहाना अभिभावक देखि निरीक्षकले नै परीक्षा अमर्यादित बनाउने र चिट चोराउने प्रबृत्ति हाबी भएको भन्र्दै यस वर्षको परीक्षामा त्यस्ता खालका बिकृतिलाई रोक्न विशेष अनुगमनको संयन्त्र पनि प्रयोग गरिने शिक्षा बिकास तथा समन्वय इकाइ जुम्लाले जनाएको छ ।
माध्यामिक शिक्षा परीक्षामा यस वर्ष जुम्लाका २ हजार ५ सय ७३ परीक्षार्थी सहभागी हुने छन् । जसमा छात्र १ हजार २ सय ५६ र छात्रा १ हजार ३ सय १६ जना रहेका छन् । एसइइ परीक्षा तयारी पुरा भएको जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले एक नगरपालिका ७ गाउँपालिकामा एसईई परीक्षाका लागि १६ वटा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा अवधिभर हेल्थ डेक्स
सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय अनुसार जुम्लाका १६ वटा परीक्षा केन्द्रमा पनि हेल्थ डेस्क स्थापना गर्ने जनाएको छ ।
शिक्षा बिकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख भणडरीले जुम्लाका १६ वटै परीक्षा केनद्रमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको बताए । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्ने भएको हो ।

देशभर साढे चार लाख बढी परीक्षार्थी

एसइईमा यस वर्ष चार लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । कक्षा नौमा चार लाख ९७ हजार सात सय विद्यार्थीले एसइईको रजिस्ट्रेसन भरेका थिए । फारम भर्ने नियमिततर्फ चार लाख ६५ हजार आठ सय ३८ छन् । ग्रेड वृद्धिका लागि १६ हजार तीन सय ८१ विद्यार्थीले फारम भरेका छन् । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने व्यवस्था भएपछि आंशिकतर्फ परीक्षार्थीको संख्या कम भएको हो ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस