जुम्ला : जुम्लामा विमान स्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । चन्दननाथ नाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा आइतबार हेल्थ डेक्स स्थापना गरिएको हो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार जुम्ला विमान स्थलमा हेल्थ डेक्स स्थापना भईको छ । जिल्ला बाहिरबाट आउने सवै यात्रु महानुभावले अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गरे । उनले भने यस्तै जुम्ला र कालिकोट जिल्लाको सिमानामा पर्ने नाग्मघाटमा पनि हेल्थ डेक्स स्थापना गर्ने तयारी भईरहेको छ ।
रोग फैलनबाट जोगाउनु हामी सवैको दायित्व हो । तपाईको एकछिनको समय र जानकारीले यो रोग परिवार, नातेदार, छिमेकी साथीभाई, समुदाय, देशमा फैलिन जोगाउने उद्देश्का साथ विमान स्थलमा हेल्प डेक्स स्थापना गरिएको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताईन् ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार कोरोना भाइरसबाट जोगिन जिल्लामा उच्च सर्तकता अपनाएको छ । उनले भनिन् सवैको समन्वय र सहकार्यबाट आम नागरिकलाई विपद्बाट जोगाउन सकिन्छ । जिल्लामा दैनिक उपभोग्य सामानको पनि अभाव हुदैन उनले भनिन् यसमा सर्वसाधारण अत्तिनु पर्ने अवस्थामा छैन । आम नागरिकले पनि दैनिक उपभोग्य सामान एकै पटक लिएर घरमा नथन्काउन पनि उनले आग्रह गरिन् ।
उनले भनिन् खाद्य व्यवस्था कार्यालय र साल्ट ट्रेनिङ कर्पोरेशनको कार्यालयलाई मिलाएर खाद्यन्न वितरण गर्न निर्देशन दिएका छौँ । अहिले प्रतिब्यक्ति दुई देखि तीन पाकेटसम्म नुन उपलब्ध गराउदा खासै फरक पर्नेछैन् ।
उपभोक्ता संरक्षण ऐन २०७५ ले स्थानीय तहलाई जिम्मेवारी दिएको छ । कालोबजारी अति भएमा हस्तक्षेपकारी निति प्रशासनले लिन्छ । विपद्को समयमा अनावश्यक खाद्य सामाग्री संग्रह गर्न हुदैन् । उनले कोरोना भाइरसबाट बच्न उच्च सतकर्ता अपनाउनको लागि स्थानीयलाई आग्रह गरिन् । यो भन्दा पहिले कहिलकाँही मात्र बिक्रि हुुने भएकोले अनुदानको खाद्यन्न मौज्दात नै छ ।