सागर परियार जुम्ला ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाईरस रोगथामको पूर्वतयारीका लागि जुम्लामा एकहप्ता सम्म जनता कफुयू ‘लकडाउन’ गरिने निर्णय गरिएको छ । आईतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लामा ‘लकडाउन’ गरिने निर्णय गरेको हो । अत्याआबश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक हप्ताका लागि ‘लकडाउन’ नीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।
उनका अनुसार मानिसको भिडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आबश्यक रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागत योग्य भएको बताए । उनले भने, आईतबारनै जुम्ला विमानस्थल तथा नाग्म जुम्लाको सिमाना नाग्ममा हेल्थडेक्स स्थापना गरिएको छ । त्यसका साथै जुम्ला बहुमुखी क्याम्पसमा एकसय बेडको क्वारेन्टाईन राख्ने निर्णय भएको छ ।
महामारीबाट यस जिल्लालाई सुरक्षित गर्ने चैत्र १० गते देखि चैत्र १६ गते सम्म जुम्ला ‘लकडाउन’ गर्ने निर्णय गरियो । डिएसपी लाल बहादुर धामीले यो अवधिमा कार्यालय खुलेपनि सेवा प्रवाह हुने छैनन् । मालपोत कार्यालयमा जगा पास देखि सिफारिस, वडा तथा गाउँपालिकाबाट रिसफारिस, प्रशासनबाट नागरिकता देखि अन्य सिफारिस सबै काम बन्द हुनेछन् । \
भने, गाउँमा कुनै भोज भतेड, सभा सम्मेलन गर्न पाईने छैन् । अत्याआबश्यक काम बाहेक रोडमा डुल्ने, बजारमा आउन समेत पाईने छैन् । खाद्य संस्थान संग समन्वय गरी सबै स्थानीयतहमा खाद्यन्न पठाउने योजना रहेको प्रशासनले बताएको छ । स्थानीयलाई माहामारीबाट सुरक्षित गर्न कर्णालीमै पहिलो ‘लकडाउन’ को निर्णय जुम्लामा गरिएको हो ।
जुम्ला जिल्लामा अत्यावश्यक सामाग्रीको व्यवस्थापन,. क्वारेन्टाईनर आईसोलेसन सेन्टरको व्यवस्थापन गर्ने, १० गते देखि जुम्लामा ‘लकडाउन’ गर्ने निर्णय गरिएको हो ।
अत्यावश्यक सामाग्रीको व्यवस्थापन गर्न उद्दोग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयोजकत्व तथा उद्दोग वाणिज्य संघ, जुम्लाको उपसंयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । भने क्वारेन्टाईन बेड स्थापनाका लागि प्रतिष्ठानको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ ।