कर्णालीमा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात

कर्णालीमा दुई महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ । नेपाल खाद्य संस्थान सुर्खेतले दुई महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ ।

कोरोना भाइरसका कारण खाद्यान्नको समस्या नहुने र कर्णालीमा दुई महिना पुग्ने खाद्यान्न मौज्दात रहेको कार्यालयले जनाएको छ ।

खाद्य संस्थानको कार्यालय सुर्खेतमा १७ हजार क्विन्टल चामल मौज्दात रहेको र कर्णालीका अन्य शाखारूमा पनि खाद्यान्न पर्याप्त मौज्दात रहेको नेपाल खाद्य संस्थान सुर्खेतका शाखाका प्रमुख भीमबहादुर थापाले बताए । ‘खाद्य संस्थानमा कर्णालीमा दुई महिना पुग्ने खाद्यान्न मौज्दात रहेको छ,’ उनले भने, ‘खाद्यान्न पाइँदैन कि भनेर अहिले नै अत्तालिनु आवश्यक छैन ।’

नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयका अनुसार कालिकोटमा २ हजार ८ सय ८०, हुम्लामा २ हजार ६ सय, जुम्लामा ३ हजार ९ सय ४८, डोल्पामा ६ हजार, मुगुमा २ हजार ९ सय, जाजरकोटमा ३ हजार ५ सय, दैलेख १ हजार ५ सय क्विन्टल चामल मौज्दात छ ।

यो खाद्यान्नले कर्णालीका १७ लाख जनसंख्यालाई दुई महिना पुग्ने प्रमुख थापाले बताए । खाद्य संस्थाले कर्णालीको सिमी बिक्री गरिएको थापाले बताए ।

https://www.nayapatrikadaily.com/news-details/39304/2020-03-22

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस