सागर परियार जुम्ला ।
नोवल कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले मंगलबार विहानदेखि गरेको ‘लगडाउन’ दोस्रो दिनपछि जुम्लामा प्रभाव राम्रो देखिएको छ । ‘लगडाउन’ले सदरमुकामका सबै होटल, उद्योग सरकारी तथा गैरसरकारी संघस्था बन्द भएपछि सदरमुकाम खलंगा सुनसान भएको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा हिजोअस्ती फाट्फुट रुपमा दर्शन गर्न जानेहरुपनि आज गएका छैनन् ।
१० गते ‘लगडाउन’ कार्यान्वयन नभएजस्तो भएपनि सरकारको निर्णय अनुसार मंगलबारदेखि जुम्ला सहित कर्णालीमा ‘लगडाउन’ पुर्णरुपमा कार्यान्वयन भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार घर बाहिर नआउन अनुरोध गरेका छौ, चोकचोकमा प्रहरी पनि खटाएका छौ, यदि कसैले अटेरी गरे नियम अनुसार कारबाहि गरिने जानकारी दिए ।
लामो तथा छोटो दुरीका सबै सवारी समेत ठप्प भएका छन् । विहान ६ देखि ९ बजे र साँझ ४ देखि ६ बजे सम्म मात्रै अत्याआबश्यक कामका लागि आवतजावत गर्न भनिएको छ । आगामी चैत १६ गते सम्पुर्णरुपमा घर बाहिर नआउन समेत आग्रह गरिएको छ । सोमबार सम्म संचालनमा रहेका सम्पुर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् ।
भने, प्रदेश राजधानी सुर्खेतमा पनि ‘लगडाउन’ प्रभावकारी भएको छ । एक साता सम्म सवारी संचालन देखि व्यापार व्यवसाय अनाआश्यक आवत जावत सबै पुर्ण रुपमा बन्द गर्न तथा कोरोना संक्रमणको लडाईमा आम नागरिकले साथ दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए ।
अत्याआबश्यका काममा सवारी चलाउनका लागि पास अनिवार्य लिनुपर्ने समेत व्यवस्था गरिएको छ । आगामी चैत १६ गते सम्म ‘लगडाउन’को निर्णयलाई कार्यान्वयनका लागि अनुरोध समेत गरिएको छ । त्यसका साथै साविक कर्णालीका कालिकोट, मुगु हुम्ला र डोल्पामा पनि ‘लगडाउन’ प्रभावकारी रुपमा सफल भएको पाइएको छ । मुगुमा विहानै देखि चहलपहल बन्द भएको संचारकर्मी नन्द रोकायाले जानकारी दिए ।