सागर परियार जुम्ला ।
हिमा गाउँपालिकाले बाहिरबाट आउने रहेक व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाईन्मा राख्ने व्यवस्था गरेको छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड१९)को संक्रमणको जोखिमबाट बच्न पालिकाले अनिवार्य क्वारेन्टाईन्मा राख्ने व्यवस्था गरेको हो । जसमा हाल सम्म २५ जनलाई क्वारेन्टाईन्मा राखिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाए ।
उनका अनुसार राहदेव मावि माफ्ला स्थित क्वारेन्टाईन्मा १९ जना र भानु मावि पाथरखोला स्थित क्वारेन्टाईन्मा ५ गरी २५ जनालाई १४ दिन सम्मका लागि क्वारेन्टाईन्मा राखिएको प्रमुख प्रशासकिय अधिकृत बुढाले जानकारी दिए । क्वारेन्टाईन्मा राखिएका २५ जना मध्य ७५ प्रतिशत भारतबाट आएका नागरिक छन् । भने २५ प्रतिशत अन्य देश तथा काठमान्डौ नेपालगन्जबाट आएका छन् ।
भारतबाट जुम्ला आउनेको दर उच्च भएपछि गाउँपालिकाले सतर्कता अपनाउदै हिमा गाउँपालिकामा भित्रिने रहेक व्यक्तिलाई १४ दिन सम्म क्वारेन्टाईन्मा राख्ने व्यवस्था गरिएको हो । बाहिरबाट आउने रहेक दाजुभाई दिदि बहिनीहरुले अनिवार्य स्वास्थ्य चेकजाँच गरेर जिम्मेवारी नागरिक दायित्व पुरा गर्न प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडले अपिल गरिन् ।