सागर परियार
विश्वव्यापी माहामारीका रुपमा फैलिएको नोवल कोरोना भाईरसको संक्रमणको बच्न सरकारले लगाएको ‘लकडाउन’को आज तेस्रो पनि जुम्ला बजार सुनसान छ । हिजो अस्ती केहि व्यक्तिले ‘लकडाउन’को अवज्ञा गरेको पाइएपछि आजदेखि जुम्लामा लकडाउनको कार्यान्वयनमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो । अत्याआबश्यक काम बाहेक बाहि नआउन लकडाउन गर्दा पनि अटेरी गर्नेविरुद्ध आजबाट प्रहरी आक्रमक बनेको छ ।
सदमुकाम सहित जिल्लामा अत्याआबश्यक काम बाहेक सकडमा बरालिएर हिड्ने, समुह बनाउने, सवारी चलाउने सबैलाई नियन्त्रण तथा कारबाहि गर्न निर्देशन दिएको प्रजिअ बञ्जाडेले उल्लेख गर्नुभयो । हिजो अस्तीको अबस्थालाई मध्यनजर गर्दै आजबाट लकडाउन कार्यान्वयनका लागि कडाई गरिएको डिएसपी लालबहादुर धामीले बताउनु भयो ।
उहाँका अनुसार सदरमुकामका कालेखोली, कृष्णमन्दीर, बसपार्क, अस्पताल रोड एयर्पोट लगायत विभिन्न चोकमा प्रहरी खटाइएको छ । करिब २० जना बढीलाई जिप्रका अगाडीबाट सम्झाएर फेरी देखिए सिधै नियन्त्रणका लिने चेतावनी सहित छोडेको धामीको भनाई छ ।
आगामी चैत १६ गते सम्म जुम्लामा लागु हुनेगरी गरिएकाको ‘लकडाउन’ को अवज्ञा गर्नेलाई ठाउँठाउँको कारबाहि गर्न प्रहरी तयारी अबस्थामा राखिएको छ । भने, घरमै बसेर, लकडाउनको कार्यान्वयनमा सहयोग गर्न समेत आग्रह गरिएको छ । तेस्रो दिन प्रहरीले कडाई गरेका कारण जुम्ला सदरमुकाम दुईदिन अघिको भन्दा निकै सुनसान देखिएको छ ।