कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३४ हजारभन्दा बढी

काठमाडौं – कोरोना भाइरसका कारण मुत्यु हुनेको संख्या ३४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभरसिटीको तथ्यंक अनुसार विश्वमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ४३ हजार ५ जना पुगेको छ।

इटालीमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या सबै भन्दा बढी रहेको छ। सोमबार बिहान ११ बजेसम्म इटालीमा मुत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ।

त्यस्तै स्पेनमा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ६ हजार ८ सय ३ जना पुगेको छ।

चीनमा कोरोना भाइसरको संक्रमणको कारण ३ हजार १ सय ८६ जनाको मुत्यु भएको छ।

इरानमा कोरोना संकणके कारण मुत्यु हनेको संख्या २ हजार ६ सय ४० जना पुगेको छ।

फ्रान्समा मुत्यु हुनेको संख्या २ हजार ६ सय ६ जना पुगेको छ।

अमेरिका मुत्यु हुनेको संख्या २ हजार ४ सय ४८ पुगेको छ।

त्यस्तै छिमेकी राष्ट्र भारतमा मुत्यु हुनेको संख्या २७ पुगेको छ ।

विश्वमा ७ लाख २३ हजार ३ सय २८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

संक्रमितमध्ये १ लाख ५१ हजार ९ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस