कोरोना त्रासले कर्णाली करिडोर निर्माण रोकियो

सागर परियार  जुम्ला  ।
कर्णाली विकासको मेरुदण्ड रुपमा हेरिएको कर्णाली करिडोर गौरबको आयोजना निर्माण बीचमै रोकिएको छ । कोरोना भाईरसको त्रासले वर्षौपछि कालिकोट हुल्म नजिक ट्रयाक खोल्न भईरहेको चटन फोड्ने काम रोकिएको हो । करिडोरको ट्रयाक खोल्न विगत एक महिना देखि कालिकोट स्थित (लालीघाट) पोष्टको नेपाली सेनाले ब्लास्टीङ गरेर कडा चटा्न फोडिरहेको थियो । ‘जमुनाह–सुर्खेत–हिल्सा फास्ट ट्रयाक’ अर्थात कर्णाली करिडोर कर्णाली विकासको मेरुदण्ड हो ।

वर्षौपछि सेना मार्फत ट्रयाक खोल्न ब्लाष्टीकङ गरेर कामलाई दुर्त गतीमा अगाडी बढाउने लक्ष्य लिएको प्रदेश सरकारले कोरोनाका कारण बीच काम बन्द गर्दा करिडोर निर्माण पछी धकेलिएएको छ । करिब ६४ अर्वको लागतमा निर्माण हुने कर्णाली करिडोरले करिब दशक बितिसक्दा पनि लगानी नजुट्दा पुर्णता पाउन सकेको छैन् । नेपालमा चिनिया राष्टपति सिजिङपिङको भ्रमण पछि कर्णाली करिडोर निर्माण विशेष प्रथामिता पर्यो ।

तर चिनले दिने ५६ अर्व ले देशभरीका करिब एकदर्जन गौरबका आयोजना समेटिँदा कर्णाली करिडोर परेन् । तथापी प्रदेश सरकारले सेना संग भएको विष्फोटक प्रर्दाथ प्रयोगगरी करिडोरको चटा्न फोड्न लगाएको थियो ।

(लालीघाट)का सेना ईन्द्रजित घर्ती सहितको टोलीले विगत एक महिनादेखि हुल्मबजार पारीपट्ीको एककिलोमिटर कडा चटन ब्लाष्टीङ गरेर भत्काईरहेको थियो । घर्तीले भने, माघ र फागुन महिनाको अन्तिम सम्म करिब करिब एकसय मिटर चटन फोडेर सकिएको छ । भने अझै ९ सय मिटर चटा्न फोड्न बाँकीनै छ ।

हप्तामा दुईदिन हुदै आएको चटा्न फोड्ने काम कोरोना भाईरसको त्रसाले रोकिएको घर्तीले कालिकोटबाट जानकारी दिए । आउँदो बैशाख सम्म चटा्न फोडिसक्ने र करिडोर निर्माणलाई दुर्गगतीमा अघि बढाउने लक्ष्य भएपनि काम बीचमै रोकिएको हो ।

कर्णालीको भौतिक पुर्वधार विकास, सामाजिक विकास, उत्पादन र उद्योग, पर्यटन र वातावरण र सुशासन विकासलाई प्राथमिकतामा नमुना कर्णालीको लक्ष्य राखिएको प्रदेश सरकारले बताएको छ ।

कुल ६४ अर्बको लगानीमा ५४ महिना भित्र ४ सय १० किमि सडक निर्माण हुने डिपिआरमा उल्लेख छ । तर केहि समय लगानी अभावले डिपिआर थन्कीयो तर अहिले सेनाले ट्याक खोल्न गरिरहेको काम कोरोना भाईरसकै कारण रोक्न बाध्य भएपनि निर्माण कार्य दुईमहिना पछि धकेलिएको छ । जसले गर्दा कर्णाली विकासको बाधकका रुपमा पनि कोरोना भाईरस बनेको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस