
जुम्ला ः हिमा गाउँपालिकामा १५ जना सिंजा गाउँपालिकामा चार जना र कनकासुन्दरी गाउँपालिकाको हाडसिंजामा सात जना गरी २६ जनाको ¥यापिड डाइगोनोस्टि टेष्ट भएकोमा सवै जनाको नेगेटिभ रिपोर्ट आएको जनस्वास्थ्य निरीक्षक प्रेम सोमैले बताए ।
त्यसैगरी मंगलबार तातोपानी गाउँपालिकामा ३७ जना र तिला गाउँपालिकामा १३ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्टमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । भारत र तेस्रो मुलकबाट आएका नागरिकको विशेष गरी ¥यापिट डाइगोनोस्टि टेष्ट गर्न सुरु गरिएको हो ।
अहिले रिपोर्ट नेगेटिभ आएपनि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्काउने बेलमा पनि पुन टेष्ट गरिने छ । ¥यापिड डाइगोनोस्टि टेष्टमा पोजेटिभ देखिएपछि पिसिआर ल्याव परीक्षण गरिने छ । जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले भने १४ दिन क्वारेन्टाइनमा बसेर टेष्टमा नेगेटिभ आएका व्यक्तिहरुले पुन हप्ता दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने छ । ¥यापिट डाइगोनोस्टिक टेष्ट जुम्लाका सवै स्थानीय तहमा गरिने छ ।