ग्लोबल बैकको सहयोगमा जुम्लामा खाद्य बैंक स्थापना


जुम्ला ः ग्लोबल आइएमई बैँक शाखा जुम्लाको सहयोगमा जुम्लामा खाद्य बैँक स्थापना गरिएको छ । यहाँका स्थानीय तहमा माग र आवश्यकताका आधारणमा वितरण गर्ने गरी जिल्ला समन्वय समिति जुम्लामा खाद्य बैँक स्थापना गरिएको हो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार बैकको सहयोगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाबाट चामल खरिद गरी अहिले जिससमा चामल जम्मा गरिएको छ । स्थानीय तहको माग र आवश्यकताका आधारमा वितरण हुने उनले बताए ।
ग्लोबल आइएमई बैक लिमिटेड शाखाका जुम्लाका प्रमुख विनोदकुमार आचार्यका अनुसार ३० किलोको एक सय ५० बोरा चामल ल्याएर स्थानीय तहमा वितरण गर्ने गरी जिससमा बुझाएका हो । उनले भने दुई लाख २५ हजार रकम बराबर राहतका लागि वितरण गर्न चामल उपलव्ध गरिएको हो ।
मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले सरकारले लकडाउन गरेको छ । यतिबेला भोकमरी हुने सम्भावना बढेकाले राहतका लागि बैँकले सहयोग गरेको उनले बताए । संघीय कोरोना राहत कोषमा बैकले रु एक करोड १५ लाख रुपैया सहयोग गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस