जुम्ला अपडेटः ८४९ स्वाब परिक्षण,सबैको रिपोर्ट नेगेटिभ

सागर परियार । 

 
जुम्लाका आठ सय ४९ जनाकै पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । एक नगरपालिका सहित सात गाउँपालिकाका ६० वडाबाट एकैदिन संकलन गएिको ८ सय ४९ जनाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए ।

उहाँका अनुसार पिसिआर परिक्षणबाटै सबैको रिपोर्ट नेगेटिभ देखाएपछि जुम्ला सुरक्षित भएको महसुस भएको छ । अब जिल्ला प्रशासन संग समन्वय गरी नाका बन्द गर्ने जिल्ला भित्रका सबै गती संचालनका लागि पहल गर्नुपर्ने डाक्टर रावलको भनाइ छ ।

गएको आईतबार जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्रीमहेन्द्र बहादुर शाहिले पनि पिसिआर परिक्षणको रिपोर्ट पछि जहा सक्रमण देखाउदै त्यहा पुर्ण लकडाउन खोल्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस