कृषकलाई सिमिको विउ

जुम्ला : पातारासी र तिला गाँउपालिकालाई सिमि पकेट क्षेत्रका रुपमा हेरिन्छ । त्यहाँका अधिंकाश किसानको मुख्य खेतीनै सिमि उत्पादन हो । परम्परागत खेती पद्धतीबाट यहाँका किसानले परिश्रम अनुसारको उत्पादन पाउँदैनन सकेका छैनन् । पातारासी तथा तिलाका विभिन्न गाउँका किसानले सिमि संग चालम साटेर भात खान्छन्  ।
ती क्षेत्रमा प्रयाप्त धान खेती गर्ने जगा छैन् । मुख्यजीविकोपार्जन गर्ने पेशा भनेकै सिमि खेती हो । हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको विषम् परिस्थिती र उत्पादकत्व बृद्धि गरी किसानलाई राहत दिन उन्नत सिमिको बिउ हस्तान्तरण गरिएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्यणका लागि जारी लकडाउनले गर्दा खाद्य संकट नजिकिदो अबस्थामा छ । परपम्परागत खेतीले परिश्रम अनुसारको उत्पादन हुदैन् । त्यसैल आधुनिक खेती पद्धती सिकाउदै उत्पादन पनि बढी हुने, (केविएल–१०) उन्नत जातको सिमि किसानलाई वितरण गरिएको छ ।
महिला शसक्तिकरण तथा जीविकोपार्जन कार्यक्रमबाट तिला गाउाँलिका १ नं. वडाका ३० जना, २ नं. वडाका ३० जना, त्यस्तै पातारासी गाउँपालिका २ तल्फीका ३५ र ४ नं. वडा लाम्री गाउँका ३० गरी १ सय २५ जना किसानलाई ५ केजीका दरले (केविएल–१०) उन्नत जातको बिउ सिमि वितरण गरिएको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए ।
उनले भने,“हाल लकडाउनले गर्दा खाद्य संकटको जोखिम निम्तीएको छ । तिला र पातारासीका किसान सिमि संग चामल साट्छन् । भोली हुन सक्ने खाद्य संकट न्युनिकरणका लागि पनि उन्नत जातका सिमिको विउ दिएका छौं ।” साथै आधुनिक खेती प्रणालीका बारेमा एकदिनको तालिम समेत संचालन गरिएको उनको भनाई छ ।
गाउँगाउँमा गएर सामाजिक दुरी कायम गर्दै लकडाउनका बेला सिमि खेतीलाई अगाडी बढाउन समेत किसानलाई सम्झाइएको कार्यकारी निर्देशक खत्रीले उल्लेख गरे ।
स्थानीय सरकारले अब आउने बजेटमा स्याउ, सिमि,ओखर कालीमार्सी धानको उत्पाकत्व बढाउने, कृषि केन्द्रित नीति बजेट ल्याएमा आयात प्रतिस्थान रोकिनुका साथै खाद्य संकट समेत टर्ने पातारासीकी स्थानीय महिला सुनकली बुढाको सुझाब छ ।
उनले भनिन,“अहिलेको संकटमा जताततै कृषिका नारा मात्रै सुनिन्छ, संघिय सरकारको नीतिमा पनि कृषि क्षेत्र उपेक्षामै परेको सुनियो, अब स्थानीय सरकारले पनि कृषि उत्पादन बढाउने खालको बजेटलाई प्रथामिकता दिनुपर्नु पर्छ ।”हैन् खाली नारा मात्रै लगाउने पुरानै प्रबृत्ति हो भने किसान भोकै मर्ने अबस्था नआउला भन्न नसकिने व्यंगे समेत गरिन् ।
उता तिलाकी स्थानीय महिला बेला बुढाले सर्वोदय नेपालले दिएको उन्नत सिमिको बिउले केहि उत्पादन बढ्ने आधुनिक खेती प्रणाली पनि सिकेको बताईन् । स्थानीय सरकार कोरोना नियन्त्रणमै बेस्त छन् । तर खाद्य संकट कसरी टार्ने भन्नेमा केन्द्रित छैनन् । तर सर्वोदय नेपालले बेलैमा सिमि किसानलाई विउ वितरण गरी उत्पादकत्व बढाउने ज्ञान समेत सिकाएको छ । भने जुम्लामा असार पहिलो साताबाट सिमि खेती शुरु गरिन्छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस