प्रजिअ दुर्गा बञ्जाडेको विदाई


जुम्ला ः प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको जुम्लाबाट विदाई भएको छ । यहाँका जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकारलगायतले विदाई गरेका हुन् ।
१७ फागुन २०७५ देखि जिल्ला प्रशासन कार्यालय जुम्लाको प्रमुख जिल्ला अधिकारी बञ्जाडे आएकी हुन् । उनको कार्य सम्पदान सन्तोषजनक रहेको भन्दै यहाँबाट भव्यरुपमा विदाई गरिएको हो । उनको जुम्लाबाट जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको छ ।
जुम्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासन उनले काम गरेकी हुन् ।
जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा यहाँका स्थानीय व्यक्ति भुपेन्द्र थापा आउदै छन् । गृह मन्त्रालयमा कार्यरत उपसचिव थापा जुम्ला सरुवा भएका हुन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस