निर्माण व्यवसायी संघको भवनमा क्वारेन्टाइन बनाउन नपाइने रिट खारेज

जुम्ला ः उच्च अदालत सुर्खेत इजलास जुम्लामा सार्वजनिक भौतिक संरचना निर्माण व्यवसायी संघको भवन क्वारेन्टाइन बनाउन नपाईने रिट खारेज भएको छ । रिटमा उल्लेख भए बमोजिम उत्प्रेषण परमादेशको आदेश हुनु पर्नेको विद्यमन्ता अवस्था रहेको नदेखिदा यस अदालतबाट १६ जेठमा जारी भएको अन्तरिम आदेश निश्क्रिय भई जारी रिट खारेज भएको हो ।
मंगलबार मुख्य न्यायधिश रत्नबहादुर बागचन्द् र न्यायधिश राकेशकुमार निधिको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो । वर्तमान कोभिडको महामारी र सम्भावनालाई मध्यनजर गर्दै विपक्षीहरुको नाममा ६ बुदे आदेश जारी भएको निमित्त रजिष्ट्रार रक्षबहादुर बुढ्थापाले बताए ।
जुम्ला जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिन सक्ने नेपाली नागरिकहरुको संभावित संख्या र चापको स्थितिलाई यर्थाथपरक तवरले विश्लेषण गरी अनुमान गरिने र सो भन्दा बढी संख्या र चापमा नागरिक भित्रिने अवस्था रहदा पनि क्वारेन्टाइन निर्माण व्यवस्थापन र सञ्चालन मापदण्ड २०७६ कायम राख्ने कुनै कमी नआउने गरी बन्दोबस्तोको सामग्री आर्थिक, प्राविधिक र जनशक्तिसहितको पुर्ण तयारी अवस्थामा रहनु ।
क्वारेन्टाइन सञ्चालनको दौरानमा परिचालन हुने सुरक्षा बलको प्रयोग संविधानद्धारा तत् तत् नागरिकको मौलिक हक र मानवअधिकारको मुल्य र मान्यता जिउधन, स्वतन्त्रताको संरक्षण र कानुनी शासन सम्वन्धी संवैधानिक मस्कतमा आच नआउने गरी व्यवसायी र जनउत्तरदायी तवरले परिचालन गर्नु ।
क्वारेन्टाइन निर्माण, व्यवस्थापन तथा संचालनको सम्वन्धमा सरोकारवाला समुदायसँग परामर्श लिने र जिल्लास्थित स्थानीय तह र नागरिकहरु बीच समन्वयत्मक भुमिकासमेत निर्वाह गरी क्रियाशिल रहनु लगायत ६ बुदे आदेश जारी भएको हो ।
चन्दननाथ नगरपालिका – ५ स्थित निर्माण व्यवसायी सघंको भवनमा क्वारेन्टिन बनाएपछि रोक सर्ने डरले नजिकैका समुदायले अदालतमा रिट दायर गरेको थियो । जिल्ला विपद् व्यवस्थापन तथा न्यूनिकरण समिति, प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय जुम्ला रिटमा विपक्षी बनाएको थियो । त्यसैगरी जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति, सहायक प्रमुख जिल्ला अधिकारी क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समितिलगायतको नाममा रिट दायर भएको थियो ।

विशेषगरी चन्दननाथ नगरपालिका भित्रको सार्वजनिक संरचना सामुदायिक विद्यालय, क्याम्पस लगायतका भवन क्वारेन्टाइन बनाउन खोज्दा रोग सर्ने त्रासले स्थानीयले विरोध गर्दै आएका छन् ।
लकडाउन अवधिभर जुम्ला १२ हजार ९२ जना नागरिक भित्रिएका छन् । अहिले ६ सय ५६ जना क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी एक हजार ७ सय ९ जनालाई कोरोना परीक्षण गरिएकोमा १९ जनालाई पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस