
सागर परियार ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण मानव सभ्यतानै संकटमा छ । अधिकांश मान्छे कोरोना संक्रमण भन्दा त्रासकै कारण चिन्तामा छन् । मलाई समुदायमा कसरी हेर्ने हुन् कस्तो व्यवहार गर्ने हुन । भन्ने मानसिक तनाव क्वारेन्टाईनमा बसेकालाई छ ।
भने समुदायलाई बाहिरबाट मान्छे भित्रिना वित्तिर्कै कोरोना सर्छ की भनेर उसले हिडको बाटो समेत नहिड्ने, गर्दछन् । जो सबै गलत हुन् । विशेषगरी क्वारेन्टाईनमा बसेकाहरु आफु हेपिएको अरु भन्दा फरक भएको संक्रमणनै भईहालेको जस्तो गरी आफुलाई कामजोर ठान्ने समेत गरेका छन् । जसले गर्दा उनिहरु मानसिक रुपमा त्रसित छन् ।
भने कोरोना त्रासकै कारण नेपालमा हालकै अवधिमा धेरैले आत्म हत्या समेत गरिसकेका छन् । यस्तो अबस्थालाई मध्य नजर गर्दै मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र९सी।एम।सीं नेपालले जुम्ला तातोपानी गाउँपालिकाका क्वारेन्टाइृनमै पुगेर मनोसामाजिक सेवा दिएको छ । हालको विषम् परिस्थितीलाई मध्यनजर गर्दै सिएमसी नेपालले क्वारेन्टाइनमै पुगेर त्यहा बसेकालाई मनबाट त्रास हटाउन, खुसी रहन, आत्मबल बलियो बनाउन, आफु बचेर अरुलाई बचाउन, रहेक दिन योगा अभ्यास गराउन समेत सिकाइएको छ ।
क्वारेन्टाइृनमान बसेकाहरुले सिएमसिको टिमलाई ।भारतबाट जुम्ला सम्म पुग्दाको अनुभव, पहिलाको त्रास पिसिआर पछिको खुसी लगायतका अनुभव समेत साटेका थिए । क्वारेन्टाईन पछि घर फर्किँदा गाउँमा के गर्ने होला के भन्छन होला, साथीभाई आफु संग संगत गर्छन् गर्दैन भन्ने विषयमा निकै तनाव थियो ।
भवानी आधारभुत क्वारेन्टाईनमा बसेका मिम बुढाले भने, तर सिएमसी को टोली लगायत जनप्रतिनिधि आएर मनोसामाजिक सेवा दिँदा निकै ढुक्क भएको उल्लेख गरे । । सिएमसी नेपालले कोरोना भाईरसका कारण मानसिक समस्या भएमा मनमा केहि कुरा खेलाएमा टोल फ्रि नं.१६६००१८५०८० मा समेत कल गर्न आह्वान गरिएको छ ।
। सिएमसीले क्वारेन्टाईनमै पुगेर मनो सामाजिक सेवा दिँदा केहि मनको त्रास पनि घटेको हुन्छ । गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले भनिन, “रहेक रोगका विरामी हालको विपत्तीमा अनिवार्य मनोसामाजिक सेवा आबश्यक रहेको छ । । सिएमसीले दिएको विमर्शले धेरैको मनमा सबै सामान्य रहेछ भन्ने कुराको विकास भएको समेत बताईन् ।