हिमा आवासिय विद्यालय निर्माण कार्य थालनी


जुम्ला ः जुम्लाको हिमा गाउँपालिका — ४ स्थित हिमा आवासिय विद्यालयको निर्माण कार्य थालिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमको ६४ लाख र कर्णाली प्रदेशको ससर्त अनुदानको ४० लाख बजेटमा हिमा आवासिय विद्यालयको निर्माण कार्य थालनी गरिएको हो ।
हिमा आवासिय विद्यालयको आइतबार सिलान्यास गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले निर्माण कार्यमा स्थानीयको सक्रिता रहेको बताउनुभयो । उहाँले भन्नुभयो प्रधानमन्त्री र मुख्यामुन्त्री रोजगार कार्यक्रमले स्थानीय रोजगार पनि हुने र आफ्ना विकास निर्माण हुने गरेका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रम यो बर्षदेखि सुरु भएका हो । यो कार्यक्रम प्रभाबकारी भएपछि आगामी बर्षमा पनि निरन्तर र बजेट पनि थप भएका आउने उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार अहिले आवासिय विद्यालयमा ३ कक्षासम्म विद्यार्थी अध्ययनरत छन् । भौतिक संरचना अभाव भएकाले प्रदेशमा बजेट माग गरेका थियौँ । उहाँले भन्नुभयो अहिले प्रदेशबाट करिब एक करोड बढी बजेट विनियोजन भएकाले निर्माण कार्य थालनी गरिएको हो । आवासिय विद्यालयको घेरबारसहित स्याउ बगैचा निर्माण गर्न थालिएको उहाँले बताउनुभयो ।
यहाँका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन सञ्चालन भएको छ । यहाँको एक नगरपालिका सहित गाउँपालिकामा रु ६४ लाखका दरले रु ५ करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सृजना गर्न उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत जिल्लाको सामाजिक बिकास कार्यालय र स्थानीय तहबिचको समन्वयमा संचालित सो कार्यक्रमले बेरोजगार र कोरोनाले रोजगार गुमाएका ब्यक्तिलाई रोजगार दिने सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख बलबिर सुनारले बताउनुभयो ।
जिल्लाको पातारासी गाउँपालिका – ७ स्थितमा नबनिर्मित दुर्गादेवि महिला कृषि आलु प्रशोधन भबन निर्माण कार्य भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस