विदेशबाट फर्केर व्यवसायीक तरकारी खेतीमा यूवा

सागर परियार ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले एका तर्फ सन्त्रास फैलाएको छ । भने अर्को तर्फ स्वयम आफै आत्मनिर्भर हुनुपर्ने पाठ सिकाएको छ । नुन देखि सुन सम्म आयातमै निर्भर हुने नेपाल जस्तो देशमा बन्दाबन्दी र कोरोना भाईरस संक्रमणको असर तुलनात्मक रुपमा बढीनै परेको छ । भारतबाट हरेक कुरा आयात नहुँदा सम्म चुलो नबल्ने नेपालमा लकडाउनका कारण सिमा नाका बन्द भएपछि कोरोना संगै खाद्य संकटको चुनौती थपिएको छ ।

कोरोना संक्रमण क्रमिक रुपमा बढ्दै जानथालेपछि अन्तरजिल्ला आवागमनमा पनि रोक लगाइएको छ । एक जिल्लाको खाद्य सामाग्री, तरकारी फलफूल अर्को जिल्लामा लिन समेत प्रतिबन्ध लगाइएको छ । यसले गर्दा जुम्लामा मात्रै हैन् नेपालभरीका ग्रामिण जिल्लाहरुमा समस्या परेको देखिएको छ ।

 

यदपी,कोरोना संकटले विपत्तीमा आफ्नै खेतीबारीमा ईलम गर्नु पर्छ, आत्मनिर्भर बन्नु पर्छ, भन्ने पाठ सिकाएपनि मुलतः नेपालीहरु व्यवहारमा लागु भने फिटिक्क गर्दैनन् । हालको परिस्थितीलाई मध्य नजर गर्दै सिमा नाका बन्द हुँदा अन्य खाद्य बस्तु जस्तै तरकारीको चरम अभाव छ । त्यसैले हरेक संकटमा हुन सक्ने खाद्य असुरक्षालाई कम गर्न व्यवसायीक कृषिको विकल्प छैन् ।

व्यवसायी तरकारी खेतीमा यूवा

तातोपानी गाउँपालिका २ का महेश डाँगी ३ वर्ष मलेसिया बसेर कोरोना फैलिनु केहि महिना अघि मात्र नेपाल फर्किएका हुन् । दिनको १८ घण्टा मलेसियामा डियूटी गरेका महेशले १२ घण्टा मात्रै स्वदेशमा खटिए रोजगारीका लागि भौतारिनु नपर्ने सोचि सकेका थिए । घर पुगे केहि समयमै उनी व्यवसायी तरकारी खेतीमा जुटेका छन् ।

साथै तातोपानी २ कै रमेश डाँगी पनि ४ वर्ष कतार बसेर फर्किएका हुन् । त्यसपछि उनी घर छोडेर बाहिर गएका छैनन् । उनले पनि गाउँमै अर्गानिक तरकारी खेती गर्ने सोच नराखेका पनि हैनन् । तर साथीको अभावले केहि गर्न नसकेका रमेश अहिले तरकारी खेतीमै बेस्थ छन् ।

त्यस्तै तातोपानी २ कै भैर बुढा ३ वर्ष मलेसिया काम गरेर घर फर्किएका हुन् । उनलाई पनि विदेशमा गर्ने दुख गाउँमै गर्दा आम्दानी पनि हुने,सुरक्षित पनि भईने,उपभोक्ताले सेवा पनि पाउने सोच आउन्थ्यो । साँझा लगानी गर्ने यूवा नभेटिएकै कारण रोकिएका भैर अहिले व्यवसायी तरकारी खेतीमा छन् । भने अन्य पदम डाँगी र अर्जुन कठायत सहित पाँच जनाले यूवाले जुम्लाकै नमुना रुपमा २ हेक्टर जमिनमा तरकारी खेती शुरु गरेका छन् ।

हालको अबस्थामा घर फर्किएका यूवालाई रोजगारी दिनु र कोरोना संग जुद्नु तीनै तहको सरकारलाई चुनौती छ । स्थानीय सरकारले व्यवसायीक कृषि, रोजगारी सृजनाका बहस गरिरहँदा हामीले बन्दाबन्दीका बीच आफ्नै लगानीमा व्यवसायीक तरकारी खेती गरेका छौ । यूवा महेश डाँगीले भने,“घर फर्किएका यूवालाई रोजगारी सृजना पनि हुने र स्थानीय बजारमा सस्तोमा तरकारी पनि आपुर्ति गर्ने हुन्छ । भने, केहि समय पछि करिब १५ जनालाई रोजगारी दिने लक्ष्य छ ।”

स्थानीय सरकार व्यवसायी कृषि बहस चलाउनु पहिले हामीले २ हेक्टर जमिन व्यवसायी तरकारी खेती शुरु गरिसकेका छौ । स्थानीय बजारमा पुराउन (बन्दा,आलु,मटर,प्याज, टमाटर,भ्यान्टा,फर्सी, गाँजर, लसुन,मुला) लगायत विभिन्न किसिमको तरकारी उत्पादन भईरहेको डाँगीको भनाई छ । (तिला अर्गानिक वाईल्ड एण्ड एग्रो ) नामक कृषि फर्म दर्ता गरेर जिल्लामै व्यवसायी तरकारी खेती गरिरहेका हुन् ।

स्वदेशमै मेहनत गरी कोरोना जस्तै हरेक महामारीमा कर्णालीभरीनै जुम्लाबाट अर्गानिक तरकारी निर्यात गर्ने लक्ष्य छ । अर्को रमेश डाँगीले भने,“धान जौ फल्ने २ हेक्टर जमिन (लिज) मा लिएका छौ । मौसमी र बेमौसी खेती गर्दै व्यवसायलाई निरन्तरता  दिने सोचमा छौ ।” ३ वर्ष मलेसियामा बिताएका भैर बुढा लगायत महेश,पदम,रमेशका दैनिकी खेतमा तरकारी गोडमेलमै बित्छ । शुरुवातीमा बजारीकरणमा केहि समस्या भएपनि घरमा काम छैन् भन्ने यूवाले अनुशरण गरुन्,तरकारी पकेट क्षेत्र निर्धारण गर्न करिब २० वर्ष सम्म खेतीलाई निरन्तरता दिईने यूवा भैर बुढाको भनाई छ ।

१२ लाख बढी लगानी

जुम्लामै नमुनाका रुपमा शरु गरिएको व्यवसायी तरकारी खेतीका लागि पाँच जना यूवाले हाल सम्म १२ लाख ५० हजार लगानी गरेका छन् । प्रतिव्यक्ति २ लाख ५० हजारका दरले लगानी गरेका यूवाले विउ खरिद,फर्मको घेराबार,किटनासक विषादी,कामदार खर्च लगायत अन्य गरी हाल सम्म साढे १२ लाख लगानी भएको यूवा महेश डाँगीले बताए ।

स्थानीय सरकारले व्यवसायी कृषिका बहस मात्रै गर्नु भन्दा व्यवसायी रुपमा कृषिमा जुटेका यूवालाई अनुदानको व्यवस्था गनुर्् पर्ने यूवाहरुको माग छ । वर्षमा करिब २० देखि २्र५ लाख आम्दानी गर्ने लक्ष्य अनुसार तरकारी खेतीलाई बढाएका छन् । हाल लगानी गरिएको १२ लाख भन्दा आबश्यकता अनुसार लगानी बढ्ने सक्ने यूवा डाँगीको भनाई छ ।

कृषिमा १ करोड विनियोजन 

तातोपानी गाउँपालिकाले आगामी आव २०७७÷७८ का लागि कृषिमा मात्रै १ करोड बजेट विनियोजन गरेको छ । कोरोना भाईरसले सृर्जित विषम् परिस्थितीलाई मध्य नजर गर्दै कृषिलाइ मुख्य प्रथामिकता दिदै १ करोड विनियोजन गरिएको अध्यक्ष नवराज न्यौपानेले बताए ।

व्यवसायी रुपमा कृषिमा जुटेका यूवालाई ५० प्रतिशत अनुदान दिने,कृषिमा यान्त्रीकरण गर्ने नीति लिएको अध्यक्ष न्यौपानेको भनाई छ । तातोपानी गाउँपालिकाले बाँझो राख्न नपाइने नीतिलाई समेत विशेष प्रथामिकतामा रोखेको छ ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस