राष्ट्रियताका निमित्त एकजुट हुन् जुम्लामा आन्दोलन


जुम्ला ः प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता तथा कार्यकर्ता जुम्लामा आन्दोलित भएका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष ओलीलाई संकटमा पार्न थालेपछि यहाँका कर्याकर्ता आन्दोलित भएका हुन् ।
अबको पाँच बर्ष, देश विकास, समृद्धि र राष्ट्रियताका लागि प्रधानमन्त्री नै ओली हुनुपर्छ भन्दै आन्दोलितका छन् । भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको विरोधमा यहाँका ओली पक्षधर नेता तथा कार्यकर्ता आन्दोलित भएको युवा संघ जुम्ला अध्यक्ष अमरबहादुर रोकायाले बताए । उनले भने अहिले जुम्लालगायत देशभर नेता तथा कार्यकर्ता आन्दोलित भएका छन् ।
पार्टीभित्र र बाहिर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो काम भइरहेको छ । प्रधानमन्त्रीले भारतले मिचेको भुभाग सहितको नक्सा जारी गरेर राष्ट्रियता जोगाएका हुन् । युवा नेता निर्पेन्द्र महतले पद, प्रतिष्ठा र वैदेसिक स्वार्थको लागि आन्तरिक किचलो तत्काल बन्द गर्न खबरदारी गरिएको बताए । उनले भने राष्ट् राष्ट्यिता र मुलुकको लागि एकजुट हुन उत्प्रेरित गराउन कोशिश गरिएको हो ।
पाँच बर्षसम्म स्थायी सरकार, भारतीय विस्तारबाद मुर्दाबाद, देशको मुहार फर्नु पर्छ, पाँच बर्ष कार्यकाल ओलीलाई हुनुपर्छ नारा लेखिएका प्लेकार्ड सहित नेता तथा कार्यकर्ता आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस