जुम्ला ः जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले आफ्नो जम्मोत्सवमा दृष्टिविहिन १८ दिने सुत्केरी परिवारलाई सहयोग गरिन् । उनले आफ्नो ३१ औँ जन्मोत्सवमा तिला गाउँपालिका – ४ की दृष्टिविहिन सुत्केरी महिला करिश्मा चौलागाईका परिवारलाई दैनिक उपभोग्य सामग्री उपलव्ध गराएर सहयोग गरेकी हुन् ।
उनले दृष्टिविहिन परिवारलाई १० किलो चामल, दुई क्वारेट अण्डा, दुई लिटर धारा तेल, ६ चक्की नुहाउने, लुगा धुने सावुन र बच्चालाई कपडा उपलव्ध गराएर सहयोग गरेकी हुन् ।
दृष्टिविहिन महिला करिश्माका पति गणेश चौलागाई पनि दृष्टिविहिन नै हुन् उपाध्याक्ष बुढाले भनिन् “जन्मोत्सवमा हुने फजुल खर्च नगरेर थोरै भएपनि दृष्टिविहिन सुत्केरी महिलाका परिवारलाई राहत होस भनेर सहयोग गरिएको हो ।” फजुल खर्च गर्नु भन्दा यस्तै दिनदुखी र असाहाय व्यक्तिहरुलाई सहयोग गर्न पाउदा आफु जन्मीएको अर्थ र जन्मोत्सव मनाएर जस्तो महशुस हुने गरेको उनले बताइन् ।
गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँमा २०४५ साउन ५ गते जन्मेकी बुढाले तत्कालिन माओबादीको १० बर्ष जनयूद्धमै तिला गाउँपालिका – ९ मालापानी गाउँका धनबहादुर बुढासँग विवाह गरेकी थिइन् । २०७४ सालको स्थानीय तहमा तिला गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी पार्टीबाट निर्वाचित भएकी हुन् ।
जन्मोत्सवमा दृष्टिविहिन सुत्केरी महिलालाई सहयोग
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस