
जुम्ला ः कोरोना भाइरस संक्रमण रोकथाम तथा निन्यत्रण गर्न गरिएको लकडाउनको प्रत्यक्ष रुपमा बृत्तिय क्षेत्रका सहकारी पनि प्रभावित भए । नियमित बचत, ऋण असुली देखि व्यवसायीक क्षेत्रमा लगानी गर्दै आएका सहकारी लकडाउनले प्रभावित भएका थिए ।
सरकारले चैत ११ गते देखि अत्याआबश्यक काम बाहेक घर बाहिर नआउन गरेको लकडाउनले सहकारी क्षेत्रमा ठुलो प्रभाब परेपनि यहाँको चन्दनननाथ बहुउद्देश्य सहकारी संस्थाको आर्थिक बर्ष ०७६÷०७७ मा कुल आम्दानी ४ करोड ६८ लाख १० हजार ६७२ रुपैया गरेको छ ।
सहकारी संस्थाका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले भने “लकडाउनले सहकारी क्षेत्रको लगानीमा ठुलो प्रभाव परेपनि बार्षिक रुपमा साढे ४ करोड बढी आम्दानी गर्न सफल भएका छौँ ।” सहकारी क्षेत्रले जुम्लाका धेरै समुदायलाई वित्तिय पहुँचमा ल्याए पनि विश्वको अर्थतन्त्र थिलोथिलो परेका अवस्थामा सहकारी पनि अछुतो रहन सक्ने भएनन् ।
सहकारीले कुल ८८ करोड ५ लाख २१ हजार ५०० ऋण लगानी गरेको हो । अझै संस्थाको ऋण असुली गर्न २० करोड १८ लाख ९१ हजार ५८७ रुपैया बाँकी रहेको निर्देशक पाण्डेले बताए । संस्थाको विश्वासकै कारणले ऋण लिएका सदस्यहरुले सहजै रुपमा लगानी उपलव्ध गराएका हुन् । उनले भने उस्तै प्राकृतिक विपद्मा परेका लगानी कर्तालाई पुन लगानी गरी उनीहरुको आयआर्जनमा पनि सुधार ल्याउने प्रयास गरेका छौँ ।
सहकारी संस्थाको बचत परीचालन १३ करोड १६ लाख ८७ हजार ९३० रुपैया, शेयर रु २ करोड ४६ लाख ३ हजार १७० रुपैया, अन्यकोष रु २ करोड ४४ लाख ८४ हजार ३७० रुपैया रहेको जनाएको छ । त्यसैगरी संस्थाको बार्षिक कुल खर्च रु ४ करोड २० लाख ७६ हजार ५२७ रुपैया रहेको कार्यकारी निर्देशक पाण्डेले बताए ।
५८ जना कर्मचारी भएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय एक, सम्र्पक कार्यालय १० वटा र कर्णाली प्रदेशको ६ जनामा सेवा विस्तार गरेको जनाएको छ । यस सहकारी संस्थाका १६ हजार ९६ जना सदस्य रहेका छन् । जसमा पुरुष १ हजार ७६० जना र महिला १४ हजार ३३६ जना सदस्य रहेका छन् ।
तत्कालिन सहकारी डिभिजन कार्यालय जुम्लामा दर्ता भएका दुई सय बढी सहकारी मध्ये २५ वटा सहकारी मात्रै सक्रिय साथ जुम्लामा काम गरिरहेको तथ्थांक रहेको छ ।