
जुम्ला ः जुम्ला चन्दननाथ नगरपालिका – १ रानारावत गाउँका विपन्न व्यक्ति ७१ वर्षीय लालबहादुर रावत बर्षौदेखि भत्केको घरमा बस्दै आएका छन् । आफ्नो भत्केको घर मर्मत सम्भार गर्न नसकेर त्यही घरमा बस्नुको उनमा विकल्प पनि थिएन । जेनतेन आफ्नो भत्केको घरमा पानी चुइने ठाउँमा पलाष्टिकका टुक्रा छाप्दै चुइने घरमा बस्दै आएका थियौँ उहाँले भन्नुभयो “आफ्नो जीवन कालमा पनि भत्किन थालको घर मर्मत गर्न सक्ने अवस्थामा भएन ।” जुम्ली युवाले दुखी गरिवको दया गरेर भत्केको घर बनाउने अभियानमा जुटेकाले जीवन जीउने आशा पलाएको उनले बताए । घरमा अन्नपात उत्पादन गर्ने प्राप्त जमिन छैन । सानै उमेरदेखि विमान स्थालमा भारी बोक्दै जीवन जुजारा गरियो । भत्केको घर कसरी मर्मत गर्नु यसरी उनले दुःख पोखे ।
सोही गाउँका अर्का विपन्न व्यक्ति ५६ वर्षीय हनुमान रावतको पनि अवस्था उस्तै हो । उनको घरमा पति पत्नीसहित चार बालबच्चा गरी ६ जनाको परिवार छ । सानै उमेरदेखि विमान स्थलमा भारी बोकेर गुजरा चलाउदै आएका हनुमानले पनि आफ्नो भत्केको घर मर्मत गर्न सक्ने अवस्थामा छैन । चुइने घरमा बस्नुको विकल्प छैन उनले भने “जीवनमा उमेरले नेटो काटि सकेकोे अवस्थामा जुम्ली युवाले आवास बनाइदिने भनेपछि भगवान भेट जस्तो अनुभुति भएको छ । यो नै मेरो लागि जीवनमा पहिलो खुशी नै हो । अब जीवन जीउने आशा पलाएको छ ।”
रानारावत गाउँका दुई विपन्न परिवार ७१ वर्षीय लालबहादुर रावत र ५६ वर्षीय हनुमान रावतको आवास बनाउने अभियानमा जुटेका छन् । बर्षातका कारण पुनाना घर भकित्कन थालेपछि यहाँको सन्ध्या फाउण्डेशन जुम्लामा आवद्ध युवाहरुले विपन्न परिवारका आवास बनाउने अभियानमा जुटेका हुन् ।
लामो समयदेखि जुम्लाको विमान स्थलमा भारी बोक्दै जीवन गुजारा गर्दै आएका दुई विपन्न परिवारले आफ्नो भत्किन थालेको घर मर्मत गर्न सक्ने अवस्था नभएकोले आवास बनाउने अभियानमा जुटेको सन्ध्या फाउण्डेसनका अध्यक्ष सारादा पछाईले बताइन् ।
उनले भनिन् “एक दिन रानारावत गाउँमा काम विशेषले गएको अवस्थामा दुई विपन्न परिवारको घर भत्किन थालेको र आकाशको पानी सिधै घरभित्र पस्ने अवस्थामा देखेपछि उनीहरुको आवास बनाउने अभियानमा जुटेका हौँ ।” सन्ध्या फाउण्डेसनमा आवद्ध यहाँका युवाहरु जुटेर विपन्न परिवारको आवास बनाउने अभियानमा अहिले दौडधुप भईरहेको उनले बताइन् । विपन्न वर्गका लागि भनेर राज्यले जनता आवास निर्माण जस्ता कार्यक्रम सञ्चालन गरेपनि यस्ता व्यक्तिहरु कहिले पनि प्रथामिकतामा नपरेको उनले गुनासो गरिन् ।
सन्ध्या फाउन्डेसनका सस्थापक अध्यक्ष युवा अंगद देवकोटाका अनुसार दुई विपन्न परिवारको आवासको निर्माण गर्न प्राविधिक स्टेमेटले दुई कोठे एकतले एउटा घरको दुई लाख ९१ हजार २५५ रुपैया लागत लाग्ने भएको छ । यति सवै रकम जुटाउन नसकेपनि जो जसले नगद जिन्सी जस्तो सुर्के सहयोग गरेपनि सबैको सहयोगमा विपन्न परिवारको आवास निर्माण कार्य १४ साउनदेखि थालनी गरिएको उनले बताए । विपन्न परिवारको आवास निर्माण गर्नका लागि दुई लाख ४० हजार रकम जुटाई सकेका छौँ उनले भने “हाल अमेरिकामा बस्दै आएको सन्ध्या फाउण्डेसनका सल्लाहाकार चन्दननाथ नगरपालिका – २ बुढ्थापाका कल भक्रीले सहयोग गर्दै आउनु भएको छ ।”
जुम्लाका इट्टा उद्योगी मनोज बुढाथोकी मगरले पनि यस अभियानमा सहयोग गर्नु भएको छ । बजारमा प्रति इट्टा ९० रुपैयामा विक्री गर्दै आएपनि विपन्न परिवारको आवास निर्माणका लागि ७० रुपैयामा उपलव्ध गराउनु भएको छ । त्यसैगरी सन्ध्या फाउन्डेसनका अन्य सदस्यहरुबाट बालुवा, गिट्टी, सिमेन्टसहितका निर्माण सामग्री जुटाएर विपन्न परिवारको आवास बनाउने उनले बताए ।