High density  बगैचा स्थापनाका लागि स्याउ बिरुवा माग गर्ने बारेको सूचना

नेपाल सकार

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन इकाई जुम्ला

(कार्यक्षेत्र: जुम्ला/कालीकोट)

High density  बगैचा स्थापनाका लागि स्याउ बिरुवा माग गर्ने बारेको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७//०८

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई, जुम्लाको  आ.व. २०७७/७८ को स्वीकृत बार्षिक बिकास कार्यक्रम अन्तर्गत High density  प्रविधिबाट व्यबसायिक स्याउ बगैचा स्थापना गर्नका लागि ५० % अनुदानमा बिरुवा उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा परियोजनाको प्रभाव क्षेत्र जुम्ला जिल्लाको तातोपानी गाउँपालिका, चन्दनाथ नगरपालिका, गुठीचौर गाउँपालिका, पातारासी गाउँपालिका र कालिकोट जिल्लाको रासकोट नगरपालिकाका सूचीकृत भैसकेका तथा यस आर्थिक वर्षमा सुचीकृत भएका ईच्छुक कृषक समूह, कृषि सहकारीहरु, जल उपभोक्ता समिति तथा कृषि उद्यमि/फर्महरुले मिति २०७७/०५/ ३१ गते भित्र यस कार्यालयले उपलब्ध गराएको फर्मेटमा विवरण भरि आवश्यक कागजात सहित प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ ।

थप जानकारीको लागि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजनाकार्यान्वयन इकाई, खलङ्गा, जुम्ला

जोन प्राविधिक इकाई, कालिकोट

फोन नं : ०८७५२०६६६

Email: pmamp.piu.jumla@gmail.com/pmamp.piu.kalikot@gmail.com

Websites: piujumla.pmamp.gov.np

 

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस