वारेण्टी नसकिदै बिग्रीयो मेसिनः खलंगामा अनिश्चितकालिन लोडसेडिङ

सागर परियार ।

जुम्ला सदरमुकाम खलंगा दशकौ देखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएको छ । गत वर्ष विद्युतको क्षामता विस्तारका लागि लाखौको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए । मेसिन जडानकै क्रममा ठेगेदार पासी फरार भएपछि विद्युत सप्लाई बन्द भयो ।

चर्को विरोध पश्चात ठेगेदार आएर टालटुल गरेर फर्कियो । १÷२ महिना नबित्दै लोडसेडिङ पुरानै अबस्थामा फर्कियो । २ करोड बढी बढीको लागतमा ठेकेदारले जुम्लीलाई झुक्याएर डुब्लीकेट मेसिन जडान गरेकै कारण अध्यारोबाट मुक्ती पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतको भनाई छ ।

एक दिन बत्ति आउने एक दिन नआउने क्रम हाल सम्म चलिरहँदा विगत दुईसातादेखि जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालिन लोडसेडिङमा भएको छ । (प्रोग्राम लजिक कन्ट्रोल) (पिएलसी) सप्टवयर बिग्रीएपछि अनिश्चितकालिन लोडसेडिङ भएको नेपाल विद्युत प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । एकवर्षको वारेण्टी दिएको समयअवधि नसकिदै पटक पटक मेसिनमा खराबी आएपछि पुर्णरुपमै विद्युत अवरुद्ध भएको छ ।

उनले भने, “पिएलसी सप्टवयर बिना विद्युत उत्पादन तथा सप्लाई सम्भव छैन् । यो सप्टवयर पनि तिनै ठेकेदार पासीले संचालन गरेका हुन् । हाइड्रोपावरको सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पिएलसी सप्टवयरकै हो । ठेगेदार कम्पन्नीलेनै आएर पिएलसी सप्टवयर चालु नगरे सम्म जुम्ला खलंगामा लोडसेडिङ कायम रहने छ ।”

प्राविधिक प्रमुख साहु भन्छन,“ ठेकेदार पासीकै शुभकामना जेवि कम्पन्नील हाईड्रो मेकानिकल पार्टहरु मात्रै सप्लाई गर्ने हो, तर त्यसले हचुवाकै भरमा मेसिन जडान,सप्टवर संचालन गरेपछि पटक पटक विद्युत संचालन अबरोध हुदै आएको छ ।”

जुम्लामा सबै भिआइपी लाईन समेत काटिएको छ । सप्टवयर रिस्टलका लागि ठेकेदार सुरेन्द्र पासी पटक पटक फोन गर्दा आउने टुंगो छैन् । पासी नआए सम्म विद्युत संचालन मुस्किल भएको साहु बताउँछन् । कहिले सम्म लोडसेडिङ हुने, कहिले ठेकेदार आउने कुनै टुंगो छैन् । ठेकेदार पासीले सबै डुब्लीकेट सामानहरु मात्रै जडान गरेको समेत आरोप छ ।

भारतीय ठेकेदार सुरेन्द्र पासीको शुभकामना जेवि कम्पन्नीले गत वर्ष जडान गरेको सप्टवयर र दुबै मेसिन डुब्लीकेट हुँदा विद्युत आपुर्तिमा समस्या आएको हो । दुई यूनिटबाट २ सय २० किलोवाट विद्युत उत्पादन हुन्थ्यो, सप्टवयर बिग्रीएपछि दुबै यूनिटबाट विद्युत उत्पादन र वितरण रोकिएको पावर हाउस ईन्चार्ज नरेन्द्र खत्रीले बताए ।

आम उपभोक्ताका नेपाल विद्युत प्राधिकरणले जिम्मा लिएपछि विद्युत नियमित हुने आशा गरेका थिए । प्राधिकरण आएको केहि महिनामै विभिन्न पाटपर्जा बिग्रीने समस्या आएपछि नागरिकको अपेक्षा अनुसार विद्युत सप्लाई गर्न नसकिएको प्राधिकरणको तर्क छ । नगरक्षेत्रभित्र रहेका ३३ सय बढी उपभोक्ता अनिश्चितकालका लागि लोडसेडिङको मारमा परेका छन् ।

स्थानीय अझविरे सार्की भने,“पहिलानै ठेकेदारले मेसिन जडानमा बदमासी गरेको भन्दै विरोध तथा आलोचना भईरहेका थिए । तर सम्बन्धीत निकाय गम्भीर नबन्दाको परिणाम अहिले अनिश्चितकालिन लोडसेडिङ भोक्नु परेको भन्दै आक्रोस व्यक्त गरे ।” जुम्लाका ३३ सय उपभोक्ता निरन्तर भईरहेको लोडसेडिङका कारण मोबाईल सम्म चार्ज गर्न नपाउँदा आक्रोसित भएका छन् ।

जुम्लामा राष्ट्यि प्रशारण लाईन नजोडिए सम्म लोडसेडिङको समस्या समधान सम्भव छैन् । कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत प्राधिरकणले वर्षौदेखि जुम्लामा भईरहेको लोडसेडिङको समस्या समधानमा कुनै भुमिका नखेलेको जुम्लीको गुनासो छ । तर प्राधिकरण भने, पहिलाको ठेकेदार जडान गरेको मेसिन र सप्टवयर नबने सम्म केहि गर्न नमिल्ने बताउँछन् ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस