हस्त बुढा, जुम्ला ः किर्डाक नेपाल जुम्लाको प्रगति समीक्षा तथा समन्वयात्मक कार्याक्रम सम्पन्न भएको छ । किर्डाक नेपाल जुम्लासँगको समन्वयमा नेपाल पत्रकार महासंघ जुम्लाको सहकार्यमा प्रगति समीक्षा सम्पन्न भएको हो ।
शैक्षिक क्षेत्र सुधार कार्ययोजनामा ९० प्रतिशत बालबालिका मध्ये ६० प्रतिशत बालबालिकाको सिकाईमा प्रगति भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक दिपराज रावतले बताए ।
उनले भने, परियोजनाको लक्ष्य तीन बर्ष देखिका बालबालिकाको गुणस्तरीय सुरक्षित र समावेशी शिक्षामा पहुँच भन्ने योजना रहेको छ । किर्डाक नेपाल र वल्र्ड भिजनको साझेदारीमा शिक्षा परियोजनामा सञ्चालित रहेको जनाएको थियो ।
साक्षयरता अभिवृद्धि, सुरक्षित विद्ययालय, नागरिक आवाज र कर्तव्यहरुका क्षेत्रलाई विशेष प्रथामिक्ता दिदै आएको छ । बालबालिकाको साक्षरता अभिवृदि र समुदायलाई सकृय वनाउन पढाइ सिविर जस्ता बाल सिकाइका बढि जोड दिएको कार्यक्रम संयोजक रावतले जानकारी दिए ।
किर्डाल नेपाल जुम्लाका संयोजक रेशम शाहीका अनुसार यहाँका शिक्षा क्षेत्रमा वल्र्ड भिजनले लामो समयदेखि काम गर्दै आएको छ । तीन वर्ष वल्र्ड भिजन र किर्डाक नेपाल जुम्लाको साझेदारीमा बालबालिकाको शिक्षा सुधारमा भुमिका रहेको उनले बताए ।
पछिल्लो समय विश्वभर कोरोना संक्रमण फैलिएपछि जुम्ला अछुतो रहन सकेन । कोभिड नियन्त्रण तथा रोकथामका लागि किर्डाक नेपाल जुम्लाले साझेदार दातृ निकायको सहयोग र समन्वयमा सुरक्षित स्वास्थ्य सामग्रीसहित राहत, क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरी काम गरेको उनले बताए ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार सरकारका साझेदार निकाय गैरकारी संस्था किर्डाक नेपाल जुम्लाले यहाँ लामो समयदेखि काम गर्दै आएको छ । विशेष गरी शिक्षा क्षेत्रको सुधारमा किर्डाक नेपाल जुम्लाको महत्वपुर्ण भुमिका रहेको उनले बताए । जिल्ला सरकारी तथा गैरसरकारी निकायले पत्रकार महासंघलाई आफ्नो गतिविधिका बारेमा पनि जानकारी गराउने उनले आग्रह गरे ।
शिक्षा परियोजनाको प्रगति समिक्षा सम्पन्न
प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस