प्रहरी र नागरिकको सम्बन्ध समधुर बनाउँछुःडिएसपी काफ्ले

कर्णाली पोष्ट संबाददाता ।

जुम्लामा हाल प्रहरी प्रमुखको रुपमा डिएसपी माधव काफ्ले आएका छन् । तत्तकालीन डिएसपी लाल बहादुर धामीको सरुवा पश्चात गत शनिवार जुम्ला आएका डिएसपी काफ्लले बुधबार जिल्लामा पत्रकारहरु संग परिचयात्मक कार्यक्रम गरेका छन् । पत्रकाहरु संगको छलफलमा डिएसपी काफ्लले आफ्नो कार्यवधिभर समुदायमा प्रहरी कार्यक्रमको पुर्ण कार्यान्वयन गर्ने, अर्थात नागरिक र प्रहरी बीचको सम्बन्धलाई समधुर बनाउने लक्ष्य लिएको बताए ।

उहाँले भन्नुभयो, “दोषिलाई कानुनी दायरामा ल्याउने कुरा त छदैछ । साथै कानुन कार्यान्वयनमा पनि शुन्य सहनसिलता अपनाउने कुरा छुट्दैन् । तथापी पनि कानुन संगै व्यवहारिक कुरा, सभ्य समाज निर्माणका आम नागरिकको भुमिका के हो, कसरी प्रहरी र स्थानीय बीचको सम्बन्ध समधुर बनाउन सकिन्छ भन्ने बारे समुदायमा प्रहरी कार्यक्रमको कार्यन्वयनमा बढी जोड दिईने छ । ”

संचारकर्मीहरुका आबश्यक सुझाबहरुलाई मध्यनजर गर्दै आबश्यक काम कारबाहि पनि अघि बढाउने आफ्नो उदेश्य रहेको उल्लेख गर्नुभयो । यस अघि सिन्दुपाल्चोक जिल्लामा पनि राम्रो काम गरेर फर्किएका डिएसपी काफ्लले जुम्लामा भईरहेका अपराध, चोरी डकैतीको अन्त्य र शान्ती सुरक्षा कायममा के कति भुमिका खेल्न भन्ने कुरा हेर्न बाँकीनै छ । तर उनले विशेषगरी समुदाय स्तरमै पुगेर प्रहरीका हरेक गतिवधिलाई अघि बढाउने योजना निकै महोत्वकाँक्षी छ ।

कुनै राजनीतिक दबाब र प्रभावमा नरही कानुन कार्यान्वयनमा शुन्य सहनशीलता अपनाउने समेत उनको दाबी छ । जुम्लाको शान्ति सुरक्षा र बिकास निर्माणमा भएका सकारात्मक कामलाई उजागर गर्दै नकारात्मक पक्षलाई लेखनशैलीका माध्यमवाट खबरदारी गर्न समेत संचारकर्मीलाई आग्रह गरे । ‘समाजमा बढ्दो, बालविवाह, बहुबिवाह र यूवा पुस्तामा बढ्दै गएको लागु दुव्र्यसनको लतलाई पनि अन्त्य गर्न विशेष योजना सहित अघि बढीने उल्लेख गरे ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस