शान्ती सुरक्षा संगै पूर्वाधार विकासमा सेना

नेपाली सेनाले निर्माण गरेको नमुना भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नन्दाबक्स गण जुम्लाले नागरिक सैनिक सयोग कार्यक्रम अन्तरर्गत निर्माण गरेको दुई तले चार कोठे भवन कणर्ाली माध्यामिक विद्यालय अनामनगरलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाका पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डे तथा जिसस उपप्रमुख कार्मा बुढाद्धारा संयुक्त भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७६ कार्तिक २० निर्माण शुरु भएको उक्त भवन निर्धारित समयमै सम्पन्न गरी आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको नन्दाबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझिले बताए ।

प्राविधिक प्रतिवेदन (स्टेमेट) अनुसार ५६ लाख भएपनि गणले त्यहि स्टमेटका विभिन्न भौतिक संरचना २५ लाखमै निर्माण सम्पन्न गरेको छ । अन्य निकायले करोडौ खर्चेर पनि निर्माण हुन नसक्ने भौतिक संरचना सेनाले २५ लाखमै निर्माण गरेको प्रति स्थानीय दंग छन् । नागरिक सैनिक सहयोग कार्यक्रम आव २०७६/७७ मा विनियोजित २५ खाल बजेटमा सेनाले चार कोठो भवन, प्रतियोगितानै गर्न मिल्ने पक्की बास्केट बल कोणर्, पानी ट्यांकी, सुविधासम्पन्न शौचालय, लगायतका संरचना निर्माण गरिएको छ ।

निर्मित भवन हस्तान्तरण गर्दै नेपाली सेनाका उत्तर पश्चिम पृतनापछि उपरथी विज्ञानदेव पाण्डेले यसबाट बालबालिका लाभान्भित हुने अपेक्षा गरिएको बताए । नेपाली सेनाले देशको शान्ती सुरक्षा संगै नागरिकको राहत र उद्दारका लागि पूर्वाधार विकास, संस्कृति संरक्षण, वाताबरण संरक्षणमा पनि उतिकै अग्रसर रहेको उनको भनाई छ । नागरिकलाई राहत मिल्ने खालका विभिन्न गतिविधिलाई सेनाले प्रथामिकता दिईरहेको उल्लेख गरे ।यता,जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले अन्य निकायले करोडौ बनाउन नसक्ने संरचना नेपाली सेनाले २५ लाखमै बनाएर शुसासन र पार्दशिर्ताको पाठ सिकाएको बताए ।

शान्ती सुरक्षा संगै जिल्लाको पूर्वाधार विकासमा सेनाको योग्दान प्रशंसा योग्य रहेको समेत उनको भनाई छ । नेपाली सेनाले यघि यहाको तातोपानी गाउँपालिका ४ मा विद्यालय भवन, गुठिचौर गाउँपालिका स्थित दसौदी माविमा नमुना शौचालय निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ । कणर्ाली मावि अनामनगर जिल्लाकै नमुना विद्यालय मध्यको एक हो । त्यहा विद्यार्थी संख्या करिब १२ सय बढी छन् । तर विद्यार्थी संख्या अनुसार भवन नहुँदा समस्या थियो । त्यस्तै, शौचालय, खेल मैदानका समस्या झनै थिए । तर नेपाली सेनाले विद्यालयको समस्यालाई मध्यनजर गर्दै निर्माण गरी हस्तान्तरण गरेको संरचनाले शैक्षिक गुणस्तरमा टेवा पुगेको कणर्ाली माविका पूअ मिनराज शर्माले बताए ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस