दुई सय विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण

 

कर्णालीपोष्ट संबादाता ।
जुम्लाका दुई सय विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । चन्दननाथ नगरपालिका ४ स्थित अशोक नमुना विद्यालय जुम्लामा अध्ययरत दुई सय विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो । न्यानो स्वागत नेपालको आर्थिक सहयोगमा कर्णाली स्र्पोट क्लबद्धारा विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री र झोला वितरण गरिएको अशोक नमुना विद्यालय विव्यस अध्यक्ष महेन्द्र कार्कीले बताए ।

उनका अनुसार लामो समयको लकडाउनबाट प्रभावित विपन्न बालबालिकाको राहत र पढ्ने बानी विकासका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । भने, शैक्षिक सामाग्रीहरु सुरक्षित राख्नका लागि झोला पनि वितरण गरिएको हो ।

अशोक नमुना विद्यालयमा विव्यस अध्यक्षका रुपमा यूवा महेन्द्र कार्की आएको केहि समयमा विद्यालयको विभिन्न पक्षमा कायापलट भएको देखिन्छ । पहिले औलामा गन्दा पनि एउटा कक्षामा १०÷१२ भन्दा बढी विद्यार्थी नहुने उक्त स्कुलमा अहिले करिब २ सय बढी विद्यार्थी छन् । सामुदायिक विद्यालय प्रति अभिभावक तथा बालबालिकाको आर्कषण बढाउनका लागि विभिन्न निकाय संग सहकार्य गरेर उदाहरणिय कार्यहरु भईरहेका छन् ।

सामुदायिक विद्यालयमा नै नमुना, गुणस्तरी तथा व्यवहारिक शिक्षा प्रदानका लागि हरेक हप्तामा सृजनात्मक अतिरिक्त अध्यास गर्ने गरिएको विव्यस अध्यक्ष कार्कीले कर्णालीपोष्टलाई जानकारी दिए । अझै आगामी शैक्षिक शत्रमा अशोक नमुना विद्यालयमा विद्यार्थीको संख्या बढाउन घरदैलो गरिने छ । भने, यस वर्ष कोरोनाका कारण बालबालिकाको बढाईमा बाधा भएकाले गर्दा अझै विभिन्न निकाय संग सहकार्य गरी बेला बेला सन्दर्भ सामाग्री वितरण गर्ने योजनामा रहेको कार्कीको भनाई छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस