मानव अधिकारमा कोरोनाको प्रभाव बुझ्न आयोगको टोलीद्धारा जुम्लामा दुर्त अनुगमन

सागर परियार ।
जुम्लामा कोभिड–१९ ले मानव अधिकारका क्षेत्रमा पारेको असरबार बुझ्न राष्ट्यि मानव अधिकार आयोगको टोली दुर्त अनुगमनमा जुम्ला पुगेको छ । आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा कोरोना र मानव अधिकारको अबस्थाबारे बुझ्न दुर्त अनुमगनमका लागि टोली जुम्ला पुगेको हो ।

नेपालका २७ जिल्लामा कोरोना र मानव अधिकार बारे दुर्त अनुमगन गर्ने कार्यक्रम अनुसार १३ औं जिल्लाका रुपमा जुम्लामा टोली आएको छ । आयोगको टोलीले मंगलबार जिल्ला प्रशासनमा सुरक्षा नियकाय, पत्रकार तथा मानवअधिकारकर्मीहरु अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा राष्ट्यि मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण संगै मानव अधिकार संरक्षणका सबालमा जुम्लाका सरोकारवालाले गरेको कामको प्रशंसा गरे ।

कोभिड–१९ पछि मानव अधिकारका क्षेत्रमा परेको प्रभाव, कैदीबन्दी तथा हिरासतमा रहेका व्यक्तिहरुको अबस्था,यसै बीचमा भईरहेका हिंसात्मक गतिविधि बारे बुझ्न दुर्त अनुगमनका लागि जुम्ला आईपुगेको आयोगका सदस्य पाठकलले बताए ।

आयोगका सदस्य पाठकलले ढेड घण्टा सरोकारवाला संगको अन्तक्रियापछि जिल्ला कारागारका कैदीबन्दी संगपनि भेटघाट गरेका छन् । कोरोना त्रासका सन्दर्भमा भोग्नुपरेका समस्या समधानमा केन्द्रित प्रतिबेदन सरकारलाई बुझाउने समेत उनको भनाई छ ।

गाँस, बास, र कपासको पुर्ण ग्यारेन्टी बिना कर्णालीमा मानव अधिकारको प्रत्याभुति सम्भव नरहेको समेत उल्लेख गर्नुभयो । न्याय, समानता र मानव अधिकारलाई संग संर्गै लिएमा मानव अधिकार संरक्षण हुनेमा जोड दिए । भने, जुम्लामा रहेका सडक मानव, बत्तिको समस्या, सडक सुधारको समस्या, कर्णाली राजमार्ग सुधारको समस्या, स्वास्थ्य चौकीमा दरबन्दी अनुसार चिकित्सक नपठाउने समस्या लगायत गुनासो टिप्दै आयोगका सदस्य पाठकले तत्तकाल समस्या समधान गर्न असाजे २७ गते सरकारलाई प्रतिबेदन पेश गर्ने बताए ।

यता प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना कहरका बीच पनि मानव अधिकार संगै नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकता दिएर काम गरेको बताए । जुम्लामा सडक मानव बढी हुनु, उनिहरुको व्यवस्थापनका आश्रयस्थल नहुनु, राजनीतिक कोरोना बीचपनि राजनीतिक जमघट बढी हुनु, मानव अधिकार संरक्षणका मुख्य चुनौती रहेको प्रजिअ थापाले आयोगका सदस्य समक्ष उल्लेख गरे । तथापी जिल्ला प्रशासनले तत्तकालै सडक मानवहरुको तथ्यांक सकल्न गरी व्यवस्थापनमा पहले गर्ने प्रजिअको भनाई छ ।

साथै, जिल्ला कारागारका ९ जनामा कोरोना पृष्टी भएपनि हाल सबै निको भएका छन् । कारागारमा हाल पानी बत्ती समस्या रहेको केहि दिनमा समस्या समधानका लागि पहल भईरहेको कारागार प्रमुख गया प्रसाद पाण्डेले बताए ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस