गोकर्णालीको अफर ४१ सयमा नेपालगज्जदेखि जुम्ला


जुम्ला ः गोकर्णाली टुर एण्ड ट्राभलले नेपालगज्जदेखि जुम्लासम्म हवाई भाडा ४ हजार एक उडान भर्ने योजना अघि सारेको छ । जुम्लादेखि नेपालगज्ज, नेपालगज्जदेखि जुम्ला र सुर्खेतदेखि जुम्ला, जुम्लादेखि सुर्खेतसम्म भाडादर ४ हजार एक सय रुपैयामा उडान भर्ने योजना बनाएको हो ।
नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यट्न पुनस्र्थापना समितिका कर्णाली प्रदेश संयोजक तथा गोकर्णाली टुर एण्ड ट्राभल जुम्लाका प्रोपाइटर ललितजंग महतका अनुसार १ कार्तिक देखि दशैको अफरमा सेवाग्राहीलाई सहुलित हुने उद्देश्यका साथ यो योजना अघि सारिएको हो । अहिले सेवाग्राहीले ५५ सय लिदै आएको छ । अहिलेको भाडादर भन्दा १५ सय कम हुने र यसले सेवाग्राहीलाई सहुलिएत मिल्ने उनले बताए । खाश गरी कोरोना माहामारीबाट प्रभावित नागरिककै लागि यो सहुलियत सेवा सञ्चालन गर्न थालिएको हो ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस