
सागर परियार जुम्ला ।
बाल कथा लेखन तथा शैक्षिक सामाग्री निर्माण सम्बन्धी चार दिने तालिम जुम्लामा शूरु भएको छ । किर्डाक नेपाल र वल्र्डभिजनको सहकार्यमा कथा लेखन र शैक्षिक सामाग्री निर्माण सम्बन्धी तालिम शुरु भएको हो ।
आधारभूत तहका बालकालिकाको सिकाई बृद्धि, छापामय कक्षा कोठा निर्माण गर्ने र शिक्षकको क्षामता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको किर्डाकका परियोजना संयोजक दिपराज रावतले बताए । उनका अनुसार जिल्लाका १५ विद्यालयका शिक्षकहरुका लागि १२ दिन सम्म तीन चरणमा तालिम संचालन हुने छ ।
जसमा पहिलो चरणमा मंसिर १५ गतेदेखि १८ गते सम्म संचालित तालिममा पातारासी,तातोपानी र तिला गाउँपालिकाकाका गरी १८ जना शिक्षक सहभागी भएको फिल्ड अधिकृत गङ्गा महतले बताईन् । १८ गते पश्चात २५ गते सम्म दुईचरणमा माथि उल्लेखित स्थानीयतहकै १५ विद्यालयका शिक्षकलाई तालिम दिईने छ ।
तीन चरणमा १२ दिन सम्म संचालन हुने तालिममको प्रशिक्षण भने यशु श्रेष्ठ जूम्ला पुगेका छन् । तालिम दिने शिलसिलामा देश विदेश पुगेका प्रशिक्षक श्रेष्ठले जुम्लाका दुर्गम विद्यालयका शिक्षकहरुलाई थोरै तर नतिजामुखी छलफलमा जोड दिएका छन् ।
नमुना तथा छापामय विद्यालय निर्माणका लागि किर्डाक नेपाल जुम्लाले वर्षौदेखि जुम्लाका १५ दुर्गम विद्यालयमा काम गरिरहेको छ ।