
जुम्ला ः उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले ४५ दिने हाते होजियारी तालिम सञ्चालन गरेको छ । महिलालाई सिपयूक्त तथा स्वारोजगार बनाउने उद्देश्यका साथ कार्यालयले तालिम सञ्चालन गरेको हो । यस तालिममा चन्दननाथ नगरपालिकाभित्र २० जना महिला सहभागिता रहेको छ ।
हाते होजियारी तालिमको प्रशिक्षक जानकी शाही र हस्तना न्यौपाने रहेको निमित्त कार्यालय प्रमुख पदमप्रसाद उपाध्यायले बताए । उनले भने जिल्लामा उद्यमी सिर्जना गर्ने र स्वरोजगार बनाउने उद्देश्यका साथ ४५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ । तालिम पुस ८ देखि माघ २२ गतेसम्म सञ्चालन हुने छ ।
त्यसैगरी यस कार्यालयले १५ दिने महिला अटो रिक्सा ड्राइभिङ, २५ दिने मोवाइल मर्मत र २५ दिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गर्ने तयारी गरेको छ । तालिम सञ्चालन गर्नका लागि सूचना आव्हान गरिएको जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार