सागर परियार ।
सडक जीवन बिताईरहेको मानवलाई न्यायो कम्बल र जकेट राहत वितरण गरिएको छ । कठयांग्रिदो जाडोमा पनि सडकमै सुत्ने,डुल्ने गरीरहेको बेबारिस्से जुम्लाका सडक मानवलाई मंगलबार न्यानो कम्बल र जकेट राहत स्वरुप वितरण गरिएको हो । जिल्ला प्रशासन
कार्यालयले विपद कोषबाट सडक मानवहरुको राहतका लागि कम्बल र जकेट वितरण गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“पहिलो चरण अन्तरगर्त मंगलबार सडकमा खोज्दै जाँदा भेटिएका ८ जना सडक मानवलाई राहत वितरण गरेका छौ ।
चिसो अत्याधिक बढेपछि हिमपात विपद व्यवस्थापन कार्यक्रम अनुसार राहत र उद्धारका कार्यलाई बढाइएको छ ।”
वर्षौदेखि सडक जीवन बिताईरहेकी चन्दननाथ नगरपालिका ५ की लालमती सुनारले न्यायो कम्बल पाउँदा खुसी हुनु भयो । उहाँले भन्नुभयो,“साहारा नपाएर सडकमा बसेकी हुँ । चिसो बढ्दै गएको थियो । यहि कम्बल आडेर भएपनि हिउद कटाउन सक्छु ।”
सडक मानव अनुगमन तथा राहत वितरणका त्रममा भेटिएका जिते कुलाल, चैत कुलाल, मिन बहादुर सुनार, छिरिङ सुनार, प्रेमकल सुनार, रुन्कली कामी लगायत सडक मानवले चिसोमा न्यायो राहत पाउँदा खुसी व्यक्त गरेका छन् ।
प्रजिअ थापाले जुम्लामा कपडा बैंक स्थापनाका लागि पहल भईरहेको उल्लेख गर्नुभयो । “हुनेले दिएर जानुहोस, नहुनेले लिएर जानुहोस” भन्ने नाराका साथ कपडा बैंक स्थापना गरी विपन्न नागरिकको राहतमा प्रशासन जुटेको उहाँको भनाई छ । उनले भने,“सडक मानवको दिगो व्यवस्थापनका लागि तथ्यांक संकलन भईरहेको छ । ”
एकिन तथ्यांक आएपछि व्यवस्थापनमा कर्णालीमा मुख्यमन्त्रीले सहयोग गर्ने बाचा दिएको प्रजिअ थापाले जानकारी दिनुभयो । प्रशासनले आगामी दिनमा हिमपात लक्षित जोखिम व्यवस्थापन तथा आगलागाीका घटना नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रममा समेत जोड दिईने तयारी छ ।
तत्तकालै कपडा बैंक स्थापना गरिने भएकाले कपडा व्यापारी, अन्य नागरिकलाई आबश्यक सहयोगका लागि प्रशासनले अनुरोध गरेको छ । दोस्रो चरणको राहत गाउँगाउँमा पुगेर न्यायो कम्बल तथा जकेट वितरण गर्ने योजना प्रशासनको छ ।
जुम्लामा विगत २÷३ दिन देखि मौसममा खराबी भई चिसो बढेको छ । हिमपात हुने सम्भावना बढेपछि प्रहरी प्रशासन राहत तथा उद्धारमा चनाखो हुने थालेको हो ।
प्रजिअ भुपेन्द्र थापा, तीन वटै सुरक्षा निकायमा प्रमुख, तथा पत्रकारहरुको सहभागितामा स्थलगत रुपमै अनुगमन गरी राहत वितरण गरिएको हो ।