जुम्लामा बृद्ध महिलालाई हत्या गरिएको आशंका, लगाएका गरगहना भेटिएनन्

जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिका – ४ भारतीवाडाकी ६९ वर्षीया महिलाको हत्या गरिएको आशंका गरिएको छ । १६ पुसमा आफ्नो घरभित्र मृत अवस्था फेला परेकी सतनदेवि रोकायाको दाहसस्कार गरौँ भन्ने समयमा नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरिएको हो ।
आफन्तले हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुन समेत नभएको र घाटीमा थिचेको जस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन उजुरी गरेका छन् ।
आफन्त मीनबहादुर महतका अनुसार पहिले रक्तचाप भएर निधन भएको भनिएयता पनि पछि केही घाउ र गहना लुटेर लिएको देखिएपछि प्रहरीलाई जानकारी गरिएको जानकारी गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनाको अनुसन्धान भईरहेको जानकारी दिए । आफन्तले १६ गते दाहासस्कार गर्न तयार भएको समयमा केही गहना नभएको, हत्या गरिएको आशंका गरेपछि प्रहरीमा जानकारी भएको बताए ।
उनले प्रहरी गहिरो अध्ययन गरिरहेको जानकारी दिए । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोस्टमार्टम गरि पुस १७ गते दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस